तरुण विभागको कार्यालय दुई साताका लागि बन्द

काठमाडौं । नेपाली कांग्रेस तरुण विभागले आफ्ना सबै गतिविधिहरू दुई साताका लागि स्थगित गरेको छ ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् विभागका प्रमुख शंकर भण्डारीले भदौ २ गतेदेखि १५ गतेसम्म सबै प्रकार भेटघाट, छलफल, बैठक लगायतका गतिविधिहरू स्थगित गरिएको बताए ।

काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण उच्च जोखिममा पुगेपछि तरुण विभागका प्रमुख भण्डारीले सबै गतिविधि स्थगित गरेका हुन् ।

काठमाडौंको पानीपोखरी, लाजिम्पाटमा रहेको विभागको कार्यालयबाट प्रमुख भण्डारीले राजनीतिक गतिविधिहरू गर्दै आएका थिए ।

काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण तिब्र गतिमा बढिरहेको छ ।

Published : Tuesday, 2020 August 18, 10:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया