मन्त्रीहरूद्वारा लकडाउनको प्रस्ताव, तीन सह–सचिव राजदूतमा सिफारिस, रोका उपाध्यक्ष

काठमाडौं । कोरोनाभाइरसको संक्रमण जोडदार रुपमा फैलिएपछि मन्त्रीहरूले लकडाउन गर्न सुझाव दिएका छन् ।

बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा मन्त्रीहरूले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले पुनः लकडाउन गर्न सुझाव दिएका थिए ।

बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि योजना पेश गर्न सीसीएमसीलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् । पोखरेल सीसीएमसीका संयोजक हुन् ।

सरकारले युवा तथा साना व्यवसाय स्वरोजगार कोषको उपाध्यक्षमा डा. कल्याण रोकालाई नियुक्त गरेको छ ।

सरकारले परराष्ट्र मन्त्रालयका सहसचिवहरू रामकाजी खड्का, गेहेन्द्र राजभण्डारी र तापस अधिकारीलाई राजदूतमा सिफारिश गरेको छ ।

Published : Monday, 2020 August 17, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया