अधिनायकवादी कम्युनिस्ट सरकारविरुद्ध नेविसंघद्वारा आन्दोलन घोषणा
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं र वीरगञ्जमा पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताहरूको विनासर्त रिहाइको माग गरेर आन्दोलनको घोषणा गरेको छ ।
नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आइतबार विज्ञप्ति जारी गरेर खड्गप्रसद ओली नेतृत्वको अधिनायकवादी कम्युनिस्ट सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
‘वर्तमान नालायक सरकारले काठमाडौं र वीरगञ्जमा पक्राउ गरेका विद्यार्थी नेताहरूलाई तुरुन्त रिहाइ गर्न जोडदार माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
नेविसंघले कम्युनिस्ट सरकारलाई दवाव दिन भदौ १ गते सोमबार देशभरिका क्याम्पसहरूमा तालाबन्दी गर्ने घोषणा गरेको अध्यक्ष ढुंगानाले बताएका छन् ।
भदौ २ गते बिहान ९ बजे देशभरि प्रमुख शहरहरूमा दश जना साथीहरू उपस्थित भई सुरक्षित दुरी कायम राखेर विरोध प्रदर्शन गर्न आह्वान गरिएको ढुंगानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौंमा सम्झना खत्रीसहित ८ जना पक्राउ परेका छन् । वीरगञ्जमा नेविसंघका पर्सा अध्यक्ष विकास तिवारी पक्राउ परेका छन् । पक्राउ परेका सबैलाई झुठ्ठा मुद्धा लगाएर थुनामा राखेको नेविसंघले आरोप लगाएको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया