घोराही–२ मा एमालेका वडाध्यक्षले भ्याइदिए वृद्धभत्ता, वृद्धाले गरिन् कम्युनिस्टको भण्डाफोर
घोराही । दाङको घोराही उपमहानगरपालिका–२ का एमालेबाट निर्वाचित वडाध्यक्ष केशव आचार्यले वृद्धभत्ता हिनामिना गरेको रहस्य बाहिर आएको छ ।
रामपुर निवासी ६७ वर्षीया देवाकली खनालले सिभिल बैंकमा रहेको खातामा जम्मा भएको माघ महिनाको ८ हजार वृद्धभत्ता कसैले निकालेको थाहा पाएपछि चकित परेकी छिन् । खनाल आइतबार बैंकमा भत्ता निकाल्न आएकी थिइन् ।
बैंकले खाताबाट वृद्धभत्ता निकाली सकेको जानकारी दिएपछि खनाल झाँगाबाट खसेको जस्तै भएकी छिन् । उनी रित्तोहात घर फर्किएकी छिन् ।
माघदेखि असारसम्म खनालले वृद्धभत्ता बापतको रकम १६ हजार पाउनुपर्ने थियो । वडा कार्यालयले असारमा कोरोनाका कारण वडा कार्यालयबाट ८ हजार ती वृद्धालाई भत्ता दिएको थियो ।
त्यस बेला वडा कार्यालयले ८ हजारको भरपाई बनाउनुपर्नेमा १६ हजारको भरपाइ गराएको छोरा शिवराज खनालले बताएका छन् ।
छोरा शिवराजले बैंकमा आमालाई ल्याएर पैसा निकाल्न खोज्दा वडाध्यक्ष केशव आचार्यले वृद्धभत्ताको रकम लगिसकेको जानकारी वडा कार्यालयमा पुगेपछि थाहा पाएको बताए ।
‘आमालाई ल्याएर आइतबार बैंकमा पैसा निकाल्न आएको थिएँ । आमाको बैंक खातामा १६ हजार नै पैसा गएको देखिन्छ’, उनले भने, ‘माघदेखि असारसम्मको पाउनुपर्ने १६ हजारमध्य आमाले असारमा कोरोनाका कारण वडा कार्यालयबाट ८ हजार बुझ्नु भएको हो ।’
‘यो गलत काम भएको छ । राज्यले दिएको वृद्धभत्ता पनि नपाउने अबस्था आउनु दुःखद् पक्ष हो, यो समस्या मेरो मात्रै होइन होला’, छोरा शिवराजले भने, ‘त्यहाँका धेरै वृद्धवृद्धाको यो समस्या हो ।’
उनले भने, ‘८ हजार दिने, १६ हजारको भरपाई गराउने यो गलत काम हो, थाहा पाउनेले त भन्ने भए, थाहा नपाउनेलेलाई समस्या भयो ।’
ती वृद्धाका छोरा शिवराज वृद्धभत्ता हिनामिना भएको विषयमा बुझ्न आइतबारनै घोराही उपमहानगरपालिका–२ रामपुरको वडा कार्यालय पुगेका थिए ।
उनको साथमा सोही वडाका वडा सदस्य गिरबहादुर केसी पनि थिए । शिवराजले वृद्धभत्ता गायब भएको विषयमा वडा सदस्यलाई पनि जानकारी गराएका छन् ।
वडा कार्यालयका कर्मचारीलाई वडा सदस्य केसीले वृद्धभत्ता के भएको हो भनेर जानकारी मागेका थिए । २ नं. वडा कार्यालयका कर्मचारीले नै १६ हजार वृद्धभत्ताको भरपाइमा ल्याप्चे लगाएको जानकारी वडा सदस्य केसीलाई गराएपछि वृद्धभत्ता हिनामिना भएको कुरा सार्वजनिक भएको हो ।
घोराही उपमहानगरपालिका– २ मा कार्यरत वडा कार्यालयकी कर्मचारी राधा रिजालले फोनमा कुराकानी गर्दै काम गर्ने क्रममा त्रुटि हुन सक्ने स्वीकार गरिन् ।
उनले सम्बन्धित ब्यक्ति वडा कार्यालय आएमा समस्या समाधान हुने बताइन् । रिजालले स–साना कुराहरू सञ्चारमाध्यममा लैजान राम्रो नहुने बताएकी छिन् । उनले वृद्धभत्ता हिनामिना भएको भए गल्ती सच्याउने बताएकी छिन् ।
घोराही उपमहानगरपालिका–२ का वडाध्यक्ष केशव आचार्यले आफू र अर्का एकजना वडा सदस्यले वृद्धभत्ता सबैको ल्याएको स्वीकार गरेका छन् । उनले काम गर्ने क्रममा कमीकमजोरी भए सच्याउने प्रतिक्रिया दिएका छन् । साे घटना सार्वजनिक भएपछि अख्तियारमा उजुरी हालेर वडाध्यक्ष आचार्यलाई कारबाहीकाे माग उठेकाे छ ।
यसअघि पनि वडाध्यक्ष आचार्यलाई वडाभित्र विभिन्न अनियमितताका आरोपहरू लागेको छ । उनले घोराही बजारमा बनाएको भव्य घर र उनी चढ्ने महँगो मोटरसाइकलको आर्थिक स्रोतको विषयमा प्रश्न उठिसकेको छ ।
२ नं. वडा नेकपाका नेता समेत रहेका घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको घर भएको वडा समेत हो ।
वृद्धभत्ता हिनामिनाका घटनाहरू कम्युनिस्टले जितेका अधिकांश वडाहरूमा देखिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया