कांग्रेस नेता बस्नेतका पिताको दाहसंस्कारमा सहभागी ५६ मलामीको रिपोर्ट नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतका पिता खड्गबहादुर बस्नेतको अन्तिम दाहसंस्कारमा सहभागी ५६ जना मलामीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले स्वाब संकलन गरी परीक्षण गर्दा आइतबार २१ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

रिपोर्ट नेगेटिभ आउनेहरूमा चित्रबहादु बस्नेत, काशीराज बस्नेत, केदारमानसिंह बस्नेत, जयन्द्र पौडेल र क्षमादेवी उपस्वास्थ्य चौकी बाह्रविसेका दुई जना कर्मचारीसहित २१ जना छन् ।

यसअघि, शव बोक्ने बालकृष्ण बस्नेत लगायत ३५ जनाको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

खड्गबहादुर बस्नेतको त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा साउन २२ गते उपचारका क्रममा निधन भएको थियो ।

खड्गबहादुर बस्नेतको निधन भएको ६ दिनपछि स्वास्थ्य मन्त्रालयले कोरोना पुष्टि गरेको थियो ।

Published : Sunday, 2020 August 16, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया