नेविसंघ अध्यक्ष तिवारीलाई पर्साकी एसपी पन्तले दिइन् दुःख, कांग्रेसद्वारा रिहाइको माग
काठमाडौं । नेपाली कांग्रेस पर्साले नेपाल विद्यार्थी संघ (नेविसंघ) पर्साका अध्यक्ष विकास तिवारीको विनासर्त रिहाइ माग गरेको छ ।
कोरोना महामारीका बेला जनताको उपचारलगायत विभिन्न माग राखेर वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले अध्यक्ष तिवारीलाई पक्राउ गरेको थियो ।
जनताको माग लिएर सडकमा प्रदर्शनमा उत्रिएका नेविसंघका अध्यक्ष तिवारीलाई पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले पक्राउ गरेर विगत तीन दिनदेखि थुनामा राखेकी छिन् ।
तिवारीलाई शान्ति सुरक्षा खलबल्याएको भनेर थुनामा राखेपछि पर्सा कांग्रेसले शनिबार विज्ञप्ति जारी गरेर रिहाइको माग गरेको हो । पर्सा कांग्रेसले तिवारीलाई तत्काल नछाडिए आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
पर्सा कांग्रेसले वीरगञ्जका चिकित्सक र सुरक्षाकर्मीले कोरोना भाइरसको संक्रमण रोकथामका लागि सराहनीय काम गरेको जनाएको पनि छ ।
तर, जनताका माग लिएर भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परेका नेविसंघका अध्यक्ष तिवारीलाई तत्काल छाड्न कांग्रेसले माग गरेको छ ।
नेविसंघका अध्यक्ष तिवारीले नारायणी अस्पतालाई जनरल सेवा सुविधासहित सर्वसाधारणको लागि खुला गरी भेन्टिलेटरको संख्या बढाउनुपर्ने, अस्पतालले भर्ना नलिँदा मृत्यु भएका बिरामीका आफन्तलाई न्याय र क्षतिपूर्ति दिनुपर्ने, दोषी अस्पताल प्रशासनलाई कारबाही गर्नुपर्ने, कोरोनाले समस्यामा परेका गरिव तथा सर्वसाधारलाई राहत, कोरोना रोकथामका लागि स्वास्थ्य सामग्रीको उचित व्यवस्थालगायतका माग राखेर प्रदर्शनमा उत्रिएका थिए ।
पर्सा कांग्रेसका उपसभापति राजकुमार गुप्ता, कोषाध्यक्ष इम्तियाज आलमसहितका २५ जनाले संयुक्त विज्ञप्ति जारी गरेर नेविसंघका अध्यक्ष तिवारीको रिहाइको माग गरेका हुन् ।
नेपाली कांग्रेसप्रति पछिल्लो समय कठोर बन्दै आएकी एसपी पन्तले नेविसंघ पर्सा नेविसंघका अध्यक्ष तिवारीलाई कोरोनाका बेला थुनेर दुःख दिएको आरोप पर्सा कांग्रेसका नेताहरूको छ ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया