काठमाडौंसहित शनिबार कुन जिल्लामा कति संक्रमित थपिए ? तीनको मृत्यु
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा ९८ सहित देशभरि पछिल्लो चौबीस घण्टामा ४६८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
मन्त्रालयमा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ४६८ जनामा कोरोना देखिएको बताए । उनले १२४ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएको बताएका छन् ।
डा.गौतमले चितवनका ९, बाँकेका ११, बर्दियाका १४, काठमाडौंका ८०, ललितपुरका ९, भक्तुरका ९, धनुषाका २७, काभ्रेका ९, रामछोपका २, मोरङका ६५, सप्तरीका २, सिरहाका ५, सुनसरीका १९, तेह्रथुमका १, बझाङका १, डडेल्धुराका १, दोलखाका ५, उदयपुरका २, कपिलवस्तुका ३२, नवलपुरका २, बाराका २, पर्साका २४, खोटाङका ६, रसुवाका १, सर्लाहीका ५४, कास्कीका ११, दैलेखका ३, सुर्खेतका ५, गुल्मीका १,रुपन्देहीका २, महोत्तरीका ९, बागलुङका २, गोरखाका १, स्याङजाका १, तनहुँका २, दाङमा ११, रामेछापका १, सिन्धुलीका १, मकवानपुरका २१, रौतहटका ४ मा कोरोना भेटिएको बताए ।
कोरोनाका ९८ जना बिरामी आइसोलेसनमा रहेको प्रवक्ता डा.गौतमले बताए । उनले भेन्टिलेटरमा चार जना रहेको बताएका छन् । कोभिड–१९ का बिरामीको उपचारका लागि ९४२ आसोलेसनको बेड संख्या रहेको उनले बताए । भेन्टिलेटरको संख्या चार ९६ रहेको डा.गौतमले बताए ।
डा.गौतमले कपिलवस्तु, पर्सा र धनुषा जिल्लामा एक–एक जना गरि तीन जना कोरोना संक्रमित व्यक्तिहरूको मृत्यु भएको बताए ।
कपिलवस्तु जिल्ला मायादेवी गाउँपालिका–७ निवासी ४० वर्षीय पुरुषको साउन ३१ गते लुम्बिनी प्रादेशिक अस्पतालमा निधन भएको छ ।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१२ निवासी ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा मृत्यु भएको छ ।
धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका–७ निवासी ५० वर्षीय पुरुषको साउन २९ गते निधन भएको छ । योसँगै निधन हुनेको संख्या १ सय २ पुगेको डा.गौतमले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया