काठमाडौंमा ११४ जनामा कोरोना, चारको मृत्यु, शुक्रबार कुन जिल्लामा कति संक्रमित ?

काठमाडौं । काठमाडौं उपत्यकामा ११४ सहित देशभरि पछिल्लो २४ घण्टामा ५९४ जनामा कोरोनाभाइरसको संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले देशभरि ५९४ जनालाई कोरोनाभाइरसको संक्रमण भएको जानकारी दिए ।

प्रवक्ता डा.गौतमले कोरोनाबाट मोरङ र सिरहामा एक–एक तथा बारा दुई जनागरी चार जनाको मृत्यु भएको छ । उनीहरू सबै पुरुष हुन् ।

दुई सय ४० जना काेराेना संक्रमितहरू निकाे भएर घर फर्किएकाे प्रवक्ता डा.गाैतमले बताएका छन् ।

प्रवक्ता डा.गौतमले धुनषाका ४, मोरङ ६३, सिरहाका ३, बाराका २४, भक्तपुरका ६, काठमाडौंका ८३, ललितपुरका ३०, नुवाकोटका १, धनुषाका ५१, सप्तरीका १४, सर्लाहीका १४, सिन्धुलीका ११, उदयपुरका १, झापाका ९, सुनसरीका २४, महोत्तरीका २४, पर्साका ४४, २७, सिन्धुपाल्चोकका १, बाजुराका १, चितवनका १४, धादिङका १, हुम्लाका १, कैलालीका ९, मकवानपुरका १८, नवलपुरका २, तनहुँका २२, रुपन्देहीका १४, रौतहटका ५, दोलखाका १, कास्कीका १, लम्जुङका १, पर्वतका १, स्याङजाका १, दाङका १, बाँकेका २२, बर्दियाका ५, सुर्खेतका २१, कपिलवस्तुका ५, अछामका ६, कञ्चनपुरका २, सल्यानका १, दैलेखका ३ र बझाङका १ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको बताए ।

Published : Friday, 2020 August 14, 4:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया