सिन्धुपाल्चोक पहिरोमा ३६ जना बेपत्ता
सिन्धुपाल्चोक । सिन्धुपालचोक जिल्लाको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएका एक जनाको शव भेटिएको छ ।
शुक्रबार बिहान आएको पहिरोमा एक जनाको शव फेला परेको वडा नम्बर २ का वडाध्यक्ष प्रताप लामाले जानकारी दिएका छन् । पहिरोबाट पाँच जनाको उद्धार गरिएको छ । घाइतेलाई हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता तथा डीएसपी माधव काफ्लेले घाइते हुनेमा एक बालक, दुई महिला र दुई पुरूष रहेको जानकारी दिएका छन् ।
घाइते हुनेहरूमा नौ वर्षीय रूप बहादुर दोङ, २३ वर्षीय पासाङ दोङ, ६० वर्षीया केवारिङ दोङ र ४३ वर्षीया जुनु दोङ छन् । घाइते एमजी लामालाई काठमाडौंको ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ ।
पहिरोमा अझै ३६ जना पुरिएको हुन सक्ने आशंका गरिएको वडाध्यक्ष लामाले बताएका छन् । पुरिएकाहरूको उद्धारका लागि सुरक्षाकर्मी र स्थानीयहरू खटिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया