माओवादीको उदगमस्थल रोल्पामा नेकपाका कार्यकर्ताहरू कांग्रेस प्रवेश

काठमाडौं । तत्कालीन माओवादीको उदगमस्थल रोल्पामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरूले पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बिहीबार रोल्पाको रुन्दीगढीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस प्रवेश गर्नेमा रुन्टीगढी गाउँपालिका–४ का युवाहरू खोलबहादुर घर्ती, रामबहादुर घर्ती, नुमराज परियार र सुरेन्द्र सेन रहेका छन् ।

उनीहरूले नेकपा भ्रष्टाचारमा लिप्त भएको र जनतालाई दुःख दिएको आरोप लगाउँदै पार्टी परित्याग गरेर नेपाली कांग्रेसको झण्डा उचालेको बताएका छन् ।

रुन्टीगढी गाउँपलिका–३ का पूर्णबहादुर राणा, लक्षीराम पुन, भीमकुमर घर्ती, जोगेन्द्र बिक, भीमबहादुर हमाल, वीरेन्द्र हमाल, रोमप्रसाद पुरी, मुमासिङ बिक, तिलबहादुर बिक, शोभाराम पुरी, बालराम घर्ती, कविराम बुढा, पूर्णबहादुर घर्ती, मोखलाल पुन लगायतका नेकपाका नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् । वडा नं. ३ निवासी उनीहरू पहिला कांग्रेस थिए । नेकपाले विभिन्न प्रलोभनमा पारेर पार्टी प्रवेश गराएका थियो ।

कम्युनिस्टहरूको झुठको पर्दाफास भएपछि कांग्रेसबाट नेकपामा प्रवेश गरेका सबै व्यक्तिहरू पुरोनो घर अर्थात नेपाली कांग्रेसमै फर्किएका छन् ।

रोल्पा जिल्ला माओवादीको उदगमस्थल हो । नेकपा अर्थात कम्युनिस्टहरूको लालकिल्लाबाट कम्युनिस्टहरूभित्र बितृष्णा पैदा भएर धमाधम पार्टी छाडेर नेपाली कांग्रेस प्रवेश गर्न थालेका छन् ।

रोल्पाबाट तत्कालीन माओवादीका नेता कृष्णबहादुर महराले जिल्ला छाडिसकेका छन् । रोल्पा छाडेर दाङ–२ बाट उम्मेदवार बनेर जितेका छन् । महराका छोराहरूले दाङको घोराहीमा आलिशान घर समेत बनाएका छन् ।

Published : Friday, 2020 August 14, 10:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया