कालिकोटमा वडा सदस्यको घर पुरियो, ६ जनाको मृत्यु

कालिकोट । कालिकोट जिल्लाको महाबै गाउँपालिका–३ नकुमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ ।

बिहीबार राति झरेको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो ।

वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिलबहादुर विष्टका दुई छोरीको मृत्यु भएको स्थानीयले बताएका छन् ।

Published : Friday, 2020 August 14, 9:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया