काठमाडौंमा १२७ सहित देशभरि ५२५ जनामा कोरोना, ९५ को मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा १२७ सहित देशभरि ५२५ जनामा कोरोनाभाइरसका संक्रमित भेटिएका छन् ।

मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ५२५ जनामा कोरोना संक्रमण भेटिएको बताए । उनले हालसम्म ९५ जनाको कोरोनाबाट मृत्यु भएको बताए । उनले पछिल्लो २४ घण्टामा १०९ जना निको भएको जानकारी दिएका छन् ।

प्रवक्ता डा.गौतमका अनुसार धनुषाका २२, झापाका १, पर्साका ३, सुनसरीका १९ जना, उदयपुरका १ जना, मोरङका ४० जना, इलामका ४, मोरङका ४८ जना, महोत्तरीका २०, रौतहटका ५, सिरहाका १, सप्तरीका ३१, सिरहाका १, बाराका १, पर्साका ३६, काठमाडौंका १११ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी, कपिलवस्तुका २१, नवलपरासीका १, नुवाकोटका १, रौतहटका १७, सर्लाही २६, ललितपुरका ११, भक्तपुरका ५, सुनसरीका १, चितवनका ११, मकवानपुरका २८, रामेछापका १, रौतहटका ३, सिन्धुलीका २, झापाका १, काभ्रेका ८, रामेछापका २, दोलखाका १, सुर्खेतका १, कास्कीका ३, नवलपुरका ३, तनहुँका १, प्यूठानका ३, रुपन्देहीका १२, दाङका २, बाँकेका १०, बर्दियाका ३, पाल्पाका १, बैतडीका १ र डोटीका १ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

डा.गौतमका अनुसार मुलुकभरि २४ हजार ९ सय ५७ जनामा कोरोना देखिएको छ ।

डा.गौतमले नेपालमा हालसम्म कोरोनाबाट ९५ जनाको मृत्यु भएको जानकारी दिएका छन् । उनले प्रदेश १ मा ८ जनाको कोरोनाबाट मृत्यु भएको बताए ।

प्रदेश २ मा ३९ जनाा, बागमती प्रदेशमा १८ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जनाको मृत्यु भएको छ । यसमध्ये ७३ पुरुष र २२ महिलाको मृत्यु भएको छ ।

Published : Thursday, 2020 August 13, 5:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया