सबै जिल्लाहरूमा सवारी पास बन्द, गृहद्वारा कडा निर्देशन
काठमाडौं । कोरोनाभाइरसको संक्रमण बढेपछि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई सवारी पास वितरणमा रोक लगाउन निर्देशन दिएको छ ।
मन्त्रालयका शाखा अधिकृत अमरदीप सुनुवारले बुधबार सूचना जारी गरेर सवारी पास वितरण बन्द गर्न निर्देशन दिएका हुन् ।
‘कोरोनाभाइरसका कारण नेपाल सरकार मन्त्रिपरिषदबाट विभिन्न मितिमा भएको निर्णय तथा यस मन्त्रालयबाट भएको निर्देशन समेतको आधारमा हालसम्म जिल्लाहरूबाट जारी हुँदै आएको सवारी पास व्यवस्थालाई कोरोनाभाइरसको संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्म साउन २९ गतेदेखि लागू हुने गरी वितरण नगर्नु नगराउनु हुन आदेशानुसार अनरोध छ’, पत्रमा भनिएको छ ।
Published : Wednesday, 2020 August 12, 8:36 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया