काठमाडौं उपत्यकामा ५१ सहित ४१८ जनामा कोरोना
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकासहित देशभरि ४ सय १८ जनामा कोरोनाको संक्रमण भेटिएको छ ।
सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ४ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना भेटिएको छ ।
सुनसरीका ५, झापाका ५, मोरङका ४६, सिरहाका ३, सप्तरीमा ५१, सर्लाहीका २, महोत्तरीका ३१, चितवका १, गुल्मीका १, धनुषाका ३०, बाराका ४, पर्साका ७१, भक्तपुरका ५, ललिपुरका ३, काठमाडौंका ४३, कास्कीका ८, स्याङजाका १, दोलखाका १, कैलालीका ६७, कञ्चनपुरका १६, रसुवाका १, रौतहटा २, रुपन्देहीका १, बाँकेका ८, बर्दियाका १, दाङका १, सुर्खेतका २, दैलेखका २, रुकुम पश्चिमका २ र अछामका ४ जना संक्रमित रहेको डा.गौतमले जानकारी दिए ।
सोमबार थपिएकासहित हालसम्म कुल संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ ।
२४ घण्टामा विभिन्न अस्पतालबाट ३ सय ५८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकासहित हालसम्म १४ हजार ९ सय ६१ जना कोरोनाबाट निको भएका छन् ।
देशभर ५ हजार ६ सय ३२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म ३ लाख ९८ हजारको पिसिआर परीक्षणा भएको छ । हालसम्म मृतक ५७ जनामा कोरोना पुष्टि भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया