यस्तै हर्कतले सरिता गिरी मन्त्रीबाट बर्खास्त भएकी थिइन्

काठमाडौं । भारतको पक्षमा अभिव्यक्ति दिएर लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर जारी भएको नयाँ नक्साको विरोधी गर्दै आएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीको गलत हर्कतका कारण विगतमा मन्त्री पदबाट बर्खास्थ भएकी थिइन् ।

सन् २०१२ मा तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले कार्यसम्पादन गर्न नसकेको, भ्रष्टाचार र अनियमितता गरेको आरोपमा गिरीलाई मन्त्री पदबाट बर्खास्थ गरेका थिए ।
डा.भट्टराईको सरकारको पालामा गिरी श्रम तथा रोजगार व्यवस्थामन्त्री थिइन् ।

व्यवसायीहरूसँग दुई करोड कुम्ल्याएर मन्त्री गिरीले वैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देशक पूर्णचन्द्र भट्टराई हटाएपछि उनको मन्त्री पद फुत्किएको थियो ।

मन्त्री पद बचाउन गिरीले त्यस बेला माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर फुत्किन लागेको मन्त्री पद बचाउन खोजेकी थिइन् ।

तर, मन्त्री गिरीको हर्कत र घुस प्रकरणको सूचना पहिला नै प्रचण्डसम्म पुगेको थियो । प्रचण्डले तत्कालीन समयमा मन्त्र गिरीलाई भेट्न समय दिएनन् ।

त्यस बेला गिरीले भारतीय राजदूतावासको पनि सहयोग माग गरेकी थिइन् । भारतीय राजदूतावासले पनि गिरीको मन्त्री पद जोगाइदिन सकेन । अन्ततः गिरीलाई तत्कालीन प्रधानमन्त्री डा.भट्टराईले बर्खास्थ गरेका थिए ।

तत्कालीन समयमा मन्त्री गिरीसहित तीन जनासँग प्रधानमन्त्री डा.भट्टराईले स्पष्टीकरण मागेका थिए । मन्त्री गिरीको स्पष्टीकरण चित्त नबुझेपछि मन्त्री पढ उडाइदिएका थिए ।

तत्कालीन स्वास्थ्य राज्यमन्त्री सरोज यादवसँग पनि स्पष्टीकरण माग गरिएको थियो । यादवले वीर अस्पतालमा रक्सी खाएर उत्पात मच्चाएका थिए । राज्यमन्त्री यादवले वीर अस्पतालका चिकित्सकसँग माफी माग्ने सर्तमा डा.भट्टराईले सफाइ दिएका थिए ।

डा.भट्टराईले भ्रष्टाचारको उजुरी आएपछि मन्त्री गिरीलाई राजीनामा दिन आग्रह गरेका थिए । डा.भट्टराईको आग्रहलाई अटेरपछि पछि गिरीलाई हटाइएको थियो ।

वैदेशिक रोजगार विभागमा भ्रष्टाचार बढेपछि त्यसलाई रोक्न तत्कालीन प्रधानमन्त्री डा.भट्टराईले श्रम मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईलाई विभागको महानिर्देशक नियुक्त गरेका थिए ।

महानिर्देशक भट्टराईले ठगी गर्ने म्यानपावरलाई खारेजी गर्ने निर्णय गरेका थिए । उनले विदेश जाने कामदारसँग बैंक मार्फत मात्र आर्थिक कारोबार गर्ने व्यवस्था लागू गरेका थिए ।

यो निर्णयबाट वैदेशिक रोजगार व्यवसायीहरूमा तनावमा परेका थिए । तनावमा परेका व्यवसायीहरूले मन्त्री गिरीलाई दुई करोड दिएर महानिर्देशकबाट हटाउन लगाएका थिए । त्यही कारणले गिरीको मन्त्री पद फुत्किएको थियो ।

बैंकमार्फत् कारोबार गर्दा अनियमितताको सम्भावना कम भएपछि व्यवसायीहरू महानिर्देशक भट्टराईसँग क्रुद्ध भएर मन्त्री गिरीको शरण परेका थिए ।

मानव तस्करहरूको दवावमा महानिर्देशक भट्टराईलाई मन्त्री गिरीले फागुन २९ गते मन्त्रालय फिर्ता बोलाएकी थिइन् ।

त्यस बेला विभागमार्फत् दैनिक २० लाख रुपियाँ भ्रष्टाचार हुने गरेको चर्चा थियो ।

डा.भट्टराईले अनियमितताको अभियोगमा गिरीलाई मन्त्री पदबाट हटाउँदा पनि लाजसरम नमानेर उनले राजनीति गरिरहिन् । गिरी अहिले समानुपातिकबाट प्रतिनिधि सभाको सांसद छिन् ।

संयोग नै मान्नुपर्छ डा.बाबुराम भट्टराई र सरिता गिरी अहिले एउटै पार्टीमा छन् । सांसद गिरीले अहिले भारतको खुला समर्थन र बचाउ गर्दै आएकी छिन् ।

नेपाल सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेपछि समाजवादी पार्टीकी सांसद गिरीले विरोध गर्दै आएकी छिन् ।

भारतलाई नसोधेर नयाँ नक्सा जारी गरेकोमा सांसद गिरीको विरोध छ । उनले संसददेखि सामाजिक सञ्जाल र आफन्ता अन्तर्वार्ताहरूमा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालका नभएको दाबी गर्दै आएकी छिन् ।

भारतमा माइत भएकी गिरी बेलाबेला यस्तै विवादित कुरा गर्दै आएका कारण आलोचित हुने गरेकी छिन् ।

Published : Wednesday, 2020 May 27, 1:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया