कम्युनिस्ट प्रधानमन्त्री ओली कोरोनाबाट कति जनाको मृत्यु भयो भन्नेबारेमै बेखबर
काठमाडौं । झण्डै दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोरोना भाइरसको संक्रमणबाट तीन जनाको मात्रै मृत्यु भएको बताएका छन् ।
सोमबार बालुवाटारबाट देशबासीका नामा ओलीद्वारा गरिएको सम्बोधनमा तीन जनाको मात्रै मृत्यु भएको बताएका हुन् । ओलीले मुलुकमा कोरोनाबाट चार जनाको मृत्यु भएको जानकारी नै पाएनन् ।
प्रधानमन्त्री जस्तो व्यक्ति नै कोरोना भाइरसको अपडेटमा नरहेको भनेर आलोचना शुरु भएको ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसबाट ४ जनाको मृत्यु भएको पुष्टि गरिसकेको छ । प्रधानमन्त्री ओली भने यसबारे बेखबर रहेको पाइएको छ ।
अोलीले नेपालमा हालसम्म ३ जनाको मात्रै मृत्यु भएको बताए । ओलीले आफूलाई स्वास्थ्य सामग्री खरिद सम्झौतालगायतका कतिपय विषयमा जानकारी नै नगराइएको गुनासो गरेका थिए ।
ओलीले कुनै मानवीय क्षति नहोस् भन्ने सरकारको अथक प्रयासका बाबजुत पनि यसबीचमा ३ जनाको मृत्यु भएको बताएका छन् ।
ओलीले उनीहरूसहित स्वदेश तथा विदेशमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् ।
हालसम्म बारा, सिन्धुपाल्चोक, बाँके र गुल्मीमा गरी ४ जनाको मृत्यु भएको छ ।
हुन त ओलीले भारतले अतिक्रमित गरेको नेपाली भू–भाग लिपुलेकमा सडक बनाएको मलाई थाहा छैन भनेर अभिव्यक्ति दिएपछि आलोचित बनेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया