वीरगञ्जमा ७० वर्षीय व्यक्तिको कोरोनाबाट मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट वीरगञ्जमा एक जना वृद्धाको मृत्यु भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले नेशनल मेडिकल कलेजमा मृत्यु गराइरहेका ७० वर्षीया वृद्धाको कोरोनाका कारण मृत्यु भएको बताए ।

श्वास प्रश्वास र दीर्घरोगका बिरामी व्यक्ति जेठ २ गते मेडिकल कलेजमा उपचारका लागि भर्ना भएको थियो । उनको जेठ ४ गते मृत्यु भएको डा.देवकोटाले बताए ।

बारा जिल्लाको कलैया नगरपालिका वडा नम्बर ७ निवासी वृद्धाको श्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको डा.देवकोटाले बताएका छन् । मृत्यु भएका ती पुरुषको दाहसंस्कार समेत भइसकेको छ ।

स्वासप्रस्वासको समस्या देखिएको भन्दै सोही दिन अस्पतालले थ्रोट स्वाब झिकेर परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाएको थियो ।

उनलाई भेन्टिलेरसहितको आइसियुमा भर्ना गरिएको थियो । उनको जेठ ४ गते मृत्यु भएपछि परिवारले अन्तिम संस्कार समेत गरिसकेको बताइएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि, सिन्धुपाल्चोकी एक महिला, बाँके नरैनापुरका एक पुरुष र गुल्मीका एक पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको थियो ।

Published : Monday, 2020 May 25, 4:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया