काठमाडौंमा तीन जनामा कोरोना, सोमबार बिहान २७ जनामा पुष्टि
काठमाडौं । काठमाडौंमा तीन जनासहित सोमबार बिहान ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७५ जना पुगेको छ ।
सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिअनुसार ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
धनुषाको नगराइन नगरपालिका वडा नम्बर ३ मा ३० देखि ४५ वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको ४, ५ र ६ वडाका क्रमशः १९, २० र २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
काठमाडौंको टोखा नगरपालिकाको वडा नम्बर ३ र ६ तथा बुढानिलकण्ठ नगरपालिकाको ३ मा क्रमशः २७, ४१ र ३७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
बारा जिल्लाको कलैया नगरपालिका र कोटवाली १ मा २५ र ३२ वर्षीया पुरुषमा कोरोना पुष्टि भएको छ ।
रौतहट जिल्लाको राजपुर फरहदवा २, ६ र ८ नम्बर वडा र इशनाथ नगरपालिकाको वडा नम्बर २ मा १८ देखि ५३ वर्षसम्मका पुषरुलाई कोरोना पुष्टि भएको छ ।
सप्तरी जिल्लाको डाक्नेश्वरी गाउँपालिकामा २२ र ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
बर्दिया जिल्लाको बासगढी ९ मा २५ वर्षीय पुरुषमा कोरोना देखिएको छ । बाँकेको दुधवा २ र राप्ती सोनारी ७ मा १६ देखि २४ वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ ।
बारा जिल्लाको गढीमाई नगरपालिकामा १८ देखि ५० वर्षसम्मका पुरुषमा कारोना देखिएको छ ।
दैलेख जिल्लका नारायण नगरपालिका र ढुंगेधारा गाउँपालिकामा २५ वर्षीय महिलामा कोरोना पुष्टि भएको छ ।
दैलेखको गुराँस गाउँपालिकाका २४ र २५ वर्षीय पुरुषमा कोरोना भाइरसको पुष्टि भएको छ ।
उनीहरूबाट संकलित नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, भेरी अस्पताल, प्रदेश अस्पताल सुर्खेतमा परीक्षण गरिएको थियो ।
लकडाउनका कारण भारतमा अड्किएका नेपालीहरू ठूलो संख्यामा देश भित्रिएसँगै क्वारन्टीनहरूमा बस्नेको संख्या दिनदिनै बढ्दै गएको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया