कालापनी अतिक्रमण गरेको भारतले लद्दाखमा भूमि गुमायो, चीनसँग डराएर भागाभाग

नयाँदिल्ली । नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरेको भारतलाई चीनले लद्दाखमा झट्का दिएको छ ।

कोरोनाभाइरस महामारीका बेला भारत र चीनको सीमाक्षेत्र लद्दाखमा दुई देशका सेनाबीच तनाब बढिरहेको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार लद्दाखको सिमानामा चिनियाँ सेनाको घुसपैठ भएको दाबी गरेका छन् ।

गलवान नदी क्षेत्रमा पर्ने सीमाका तीन स्थानमा चिनियाँ सेना सक्रिय देखिएको भारतीय पक्षको भनाइ छ । चिनियाँ पक्षले सो भू–भाग आफ्नो रहेको भन्दै उपस्थिति जनाएको छ ।

भारतीय सेना प्रमुख एमएम नाराभान यही शुक्रबार पूर्वी लद्दाखस्थित सिमानाको अवस्था बुझ्न भन्दै लेह क्षेत्रमा अवतरण गरेका छन् ।

भारतीय सेना प्रमुखको सीमा अवलोकन लगत्तै चिनियाँ विदेश मन्त्रालयले लेह क्षेत्र चीनको भूमि भएको प्रतिक्रिया दिएको छ ।

जहाँ अघिल्लो साता भारतीय सेनाको गस्तीमा चिनियाँ सेनाले बाधा पु¥याएको भारतीय पक्षको आरोप छ ।

भारतको सार्वभौमसत्ता र सुरक्षाको लागि आफूहरू प्रतिबद्ध रहेको भारतीय सेनाले जनाएको छ ।

भारत र चीनका फौजहरूबीच प्योंग्यांग त्सो लेकस्थित केहीअघि भनाभन भएको थियो ।

भारतीय पक्षले त्यस लगायत तीन स्थानमा आफ्नो भूमि चीनले कब्जा गरेको आरोप लगाउँदै आएको छ ।

चिनियाँ सिपाहीहरूले सीमा क्षेत्र नै पार गरी भारतीय भूमिमा बस्न थालेको बताइएको छ ।

चीनले तीन स्थानमा ८ सयदेखि १ हजार चिनियाँ सिपाही तैनाथ गरेको जनाइएको छ ।

कालापानीमा नेपाली भूमि छ दशकदेखि अतिक्रमण गरेर बसेको भारतले लद्दाखमा आफ्नो भूमि चीनले मिचेको भनेर रोइकराइ गरिरहेको छ ।

आफूभन्दा कमजोर नेपालका कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्तासहितका सयौँ स्थानमा अतिक्रमण गरेको छ ।

तर, आफूभन्दा शक्तिशाली चीनसँग भारत म्याउँ गर्ने गरेको छ । चीनले लद्दाखमा सैनिक झारेपछि तनावमा भारत परेको छ ।

Published : Sunday, 2020 May 24, 8:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया