बुधबार राति सात जना कोरोनाका संक्रमित थपिए

काठमाडौं । प्रदेश १ मा सात जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । बुधबार गरिएको परीक्षणमा झापाका ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटा र धरानका १–१ जनालाई कोरोनाभाइरस पुष्टि भएको प्रदेश १ मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना टेष्टको दायरा बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिन थालेको छ । यसअघिका २५ जनासहित बुधबार ३२ जना संक्रमित थपिएका छन् ।

नेपालमा कुल संक्रमितको संख्या ४३४ पुगेको छ । निको भएर घर फर्कनेको संख्या ४५ रहेको छ ।

Published : Wednesday, 2020 May 20, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया