ओलीजी तपाईले सक्नु हुन्न, प्रधानमन्त्रीबाट राजीनामा दिनुस्ः डा.भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका नेता डा.बाबुराम भट्टराईले प्रधानमन्त्री खड्गप्रसाद ओलीको राजीनामा माग गरेका छन् ।
शुक्रबार बसेको संसदको बैठकमा विशेष समयमा बोल्दै डा.भट्टराईले ओलीलाई राजीनामा दिन सुझाव दिएका हुन् । बिरामी र जिर्ण शरीर भएका कारण पनि ओलीले राजीनामा दिएर आराम गर्नुपर्ने उनले बताए ।
ओलीले राम्रो काम गर्न नसकेको भन्दै उनले अर्को प्रधानमन्त्रीका विषयमा नेकपाले उपयुक्त निर्णय गर्ने बताए । उनले नेकपाको सरकार ढल्यो भने सरकारमा जाने आफूहरूको कुनै चाहना नरहेको बताए ।
डा.भट्टराईले सरकारमा आफूहरूको दाबी नरहनेभन्दै नेकपाभित्र उपयुक्त व्यक्ति रहेको बताए ।
सांसद अपहरण गर्नेलाई कारबाहीको माग गर्दै उनले प्रहरीले सत्ताको दवावमा जाहेरी नलिएको बताए । उनले सत्ताको धेरै घमण्ड नगर्न सुझाव दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया