स्वास्थ्य सामग्री किन्न नसकेकाे कम्युनिस्ट सरकारले किन्ने भयो महँगो गाडी
काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले पानीजहाजको कार्यालयलाई एक करोड ४३ लाख बराबरको गाडी किन्न अनुमति दिएको छ ।
पानीजहाज नकिन्दै कम्युनिस्ट सरकारले कोरोना भाइरसको संक्रमणको जोखिमका बेला लकडाउन गरेका बेला गाडी किन्न लागेको हो ।
ओलीले दुई वर्षभित्रै आफ्नै देशको झण्डासहितको पानी जहाज चलाउने भनेका थिए ।
ओलीले सो आश्वासन दिएको धेरै भइसक्यो । पानीजहाज चलाउने कुराको अहिलेसम्म छाँट देखिएको छैन । बरु प्रधानमन्त्री ओलीको त्यो भनाइको मजाक बनिरहेको छ ।
एकान्तकुनामा रहेको नेपाल पानी जहाज कार्यालयले पानी जहाज संचालनमा ल्याउनु अघि आफ्नो कार्यालयको लागि सवारी साधन खरिद गर्न भने लागेको छ ।
पानीजहाज कार्यालयले आफ्नो लागि एक करोड ४३ लाख ९८ हजारको सवारी साधन किन्ने काम अन्तिम चरणमा पु¥याएको छ ।
कार्यालयले मूल्याङकन समितिको सिफारिसको आधारमा सिप्रदी ट्रेडिङबाट एसयूभी मोडलको चार पाङग्रे सवारी साधन लिन लागेको छ ।
महँगो गाडी किन्न कार्यालयले वैशाख २४ गते बुधवार गोरखापत्रमा सूचना निकालेको छ ।
२०७६ फागुन ८ गते चार पाङग्रे सवारी साधनको लागि गरिएको बोलपत्रमा सिप्रदी छानिएको पनि जनाइएको छ ।
कोरोनाभाइरसको संक्रमणविरुद्धको स्वास्थ्य सामग्री खरिद गर्न नसकेको सरकारले महँगो गाडी खरिद गर्न अनुमति दिएपछि आलोचना भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया