नेपालगञ्जमा थप सात जनामा कोरोना पुष्टि, ८२ पुग्यो संख्या
काठमाडौं । नेपालगञ्जमा कोरोनाभाइरसको संक्रमण परीक्षणका क्रममा मंगलबार थप सात जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले नेपालगञ्जमा परीक्षणका क्रममा मंगलबार बिहान सात जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ८ निवासी २२, ३० र ४० वर्षका पुरुषहरूमा कोरोनाभाइरसको संक्रमणको पुष्टि भएको छ ।
त्यसैगरी, ९ वर्षीया बालिका र ३२, ३४ तथा ५५ वर्षका महिलाहरूमा कोरोनाभाइरसको संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणको संख्या ८२ पुगेको छ ।
Published : Tuesday, 2020 May 5, 8:11 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया