नेकपाका दुई सांसद र पूर्वआईजीपीविरुद्ध ‘अपहरण’ मुद्धा दर्ता
काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले तत्कालीन समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवको अपहरणसम्बन्धी मुद्धा दर्ता गरेको छ ।
पूर्वराज्यमन्त्रीसमेत रहेका डा.यादवले आफूमाथि अपहरण भएको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा निवेदन दिएका हुन् ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसन र नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध डा.यादवले अपहरण मुद्धा दर्ता गराएका छन् ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता केशव झाले सरकारी वकिल कार्यालयले सांसद यादवले दिएको निवेदन दर्ता गरेको जानकारी दिएका छन् ।
सरकारी वकिलको कार्यालय काठमाडौंले डा.यादवको अपहरणसम्बन्धी मुद्धालाई १०४७ मा दर्ता गरेको छ ।
यसअघि सरकारी वकिल कार्यालयले आफूहरूलाई केही समय अध्ययन गर्न दिन भन्दै निवेदन दर्ता गरेको थिएन ।
सांसद डा.यादव अपहरणको किटानी जाहेरी दिन महानरीय प्रहरी परिसर काठमाडौं गए पनि प्रहरीले जाहेरी लिन मानेको थिएन ।
नेकपाका सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआइजिपी खनालले महोत्तरीस्थित घरबाट आफूलाई अपहरण गरी काठमाडौं ल्याएको सांसद यादवको निवेदनमा उल्लेख छ ।
सांसद डा.यादवले उक्त घटना छानबिन गर्न माग गर्दै केही दिनअघि राष्ट्रिय मानव अधिकार आयोगमा पनि उजुरी दिएका थिए ।
यसैवीच, सोमबार नेकपाका सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआईजीपी खनालले राष्ट्रिय मानवअधिकार आयोगमा जसपाका नेताहरूविरुद्ध उजुरी दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया