कांग्रेसका सांसद घलेले गरे चार दिनमै प्रतिवद्धता पूरा, सरकारलाई दिए सवा करोडको सेनिटाइजर
काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभाका सांसद कर्मा घलेले सरकारलाई दिने एक करोड २५ हजार रुपियाँ बराबरको १० हजार लिटर सेनिटाइजरमध्ये पहिलो चरणमा तीन हजार लिटर सरकारलाई दिएका छन् ।
स्वास्थ्य मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा सांसद घलेले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई उपब्ध गराएका हुन् ।
मन्त्री ढकालले कांग्रेस सांसद घलेले दिने भनिएको दश हजारमध्यबाट शुक्रबार तीन हजार सेनिटाइजर दिएको जानकारी दिए ।
‘स्वास्थ्य मन्त्रालयसँगको सहमति अनुसार सांसद कर्मा घलेज्यूले पहिलो चरणमा तीन हजार सेनिटाइजर हामीलाई दिनुभएको छ’, मन्त्री ढकालले भने, ‘बाँकी सात हजार लिटर सेनिटाइजर नवलपुर जिल्लाको गैँडाकोटस्थित फ्याक्ट्रीबाट सात वटा प्रदेशलाई एक–एक हजारका दरले पठाउने छौँ ।’
मन्त्री ढकालले गैँडाकोटमा रहेको सेनिटाइजर फ्याक्ट्रीबाट नै प्रदेशलाई पठाउने जानकारी दिए ।
घलेको स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी सुमी फर्मास्युटीकलले विश्व स्वास्थ्य संगठन र औषधि व्यवस्था विभागले तोकेको मापदण्ड अनुसार १० हजार लिटर सेनिटाइजर उत्पादन गरेको छ ।
सुरक्षा ब्राण्डको सेनिटाइजर उत्पादन गरि घलेले पहिलो चरणमा सरकारलाई सहयोग गरेका हुन् ।
सहयोगमा प्राप्त सेनिटाइजर बुझ्दै मन्त्री ढकालले कोरोना संक्रमणका बिरुद्ध सरकारले चलाइरहेको अभियानमा सहयोग र ऐक्यबद्धता जनाउनुभएकोमा सांसद घले तथा सुमी फर्मास्युटीकललाई धन्यवाद दिएका छन् ।
कोरोना भाइरसबिरुद्धको अभियानमा लड्न सहयोगले ठूलो योगदान पुग्ने मन्त्री ढकालले बताएका छन् ।
उत्पादन गरेर बजारमा पठाउनुअघि नै मानवी हितका लागि सहयोग गरेकोमा पनि सांसद घलेलाई मन्त्री ढकालले धन्यवाद दिए ।
नेपाली कांग्रेसका सांसद घलेले आफ्नो कम्पनीबाट उत्पादित पहिलो खेपको सेनिटाइजर सरकारलाई हस्तान्तरण गरेको जानकारी दिए ।
सांसद घलेले यस्तो महामारीमा व्यापारभन्दा सहयोग पहिला भन्ने भावनाबाट आफूले सेनिटाइजर सरकारलाई हस्तान्तरण गरेको बताए । उनले आवश्यक परे सरकारले माग गरेको अवस्थामा पुनः सहयोगका लागि तयार रहेको बताएका छन् ।
औषधि व्यवस्था विभागबाट उत्पादन शुरु गर्ने अनुमति पाएपछि घलेले सोमबारबाट सेनेटाइजर उत्पादन शुरु गरेका थिए ।
एक मिलिलिटरको एक रुपियाँ पच्चिस पैसा मूल्य तोकेर विभागले सेनिटाइजरको उत्पादन गर्न अनुमति दिएको थियो ।
सरकारले तोकेको मूल्य अनुसार घलेले १ करोड २५ लाखको सेनिटाइजर सरकारलाई सहयोगस्वरुप दिएका हुन् ।
औषधि व्यवस्था विभागले एक मिलिलिटरको सेनिटाइजरको मूल्य एक रुपियाँ पच्चीस पैसा तोकेको छ ।
सरकारलाई प्रदान गरिएको सेनिटाइजर अत्यावश्यक सेवाको क्षेत्रमा प्रयोग गर्ने गरि सहमति भएको सांसद घलेले बताए ।
मनाङबाट प्रतिनिधित्व गर्ने कांग्रेसका सांसद घलले आफू प्रतिनिधित्व गर्ने प्रदेश भएका कारण गण्डकी प्रदेश सरकारलाई आफू स्वयं उपस्थित भएर सेनिटाइजर उपलव्ध गराउने योजना बनाएका छन् ।
नेपाली कांग्रेसका सांसद घलेले चार दिन अगाडि सरकारलाई सेनिटाइजर उत्पादन गरेर निःशुल्क दिने प्रतिवद्धता जनाएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया