लकडाउनमा जनता समस्यामा परेका बेला नेकपाका प्रमुख सचेतकको डान्स ‘भाइरल’ (भिडियाे)
काठमाडौं । राष्ट्रिय सभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक खिमलाल भट्टराई ‘लकडाउन’का बेला घरमा नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
लकडाउका जनतालाई के–के समस्या परेको छ भनेर आफ्ना जिल्ला र पार्टीका दुःख पाएका कार्यकर्ताहरूको उद्धार गर्ने बेला बिहीबार भट्टराईको नृत्यको भिडियो सार्वजनिक भएको हो । प्रमुख सचेतक भट्टराई ‘कल्ले बोलायो…’को बोलको गीतमा छमछमी कम्मर मर्काएर नाचेका छन् ।
प्रमुख सचेतक भट्टराई नाँचेको भिडियो उनकै पत्नी सुशीला भुसालले आफ्नो फेसबुकबाट सार्वजनिक गरेका छिन् ।
लकडाउनले देशभरिका जनता समस्यामा परेका छन् । दैनिक ज्याला मजदुरी गरेर खाने परिवार समस्यामा छन् । अति विपन्न परिवारले राहत नपाएर सहयोगको अपील गरिरहेका छन् ।
उनकै प्रदेश ५ मा अस्पतालले उपचार नगरेपछि बिरामीको मृत्यु भएका खबरहरू बाहिर आएका छन् । मजदुरहरूले खान नपाएका समाचार बाहिर आएका छन् ।
प्रदेश ५ बाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने भट्टराईले आफ्नो जिल्ला र क्षेत्रका जनतालाई उद्धार र सहायता नगरेको भनेर आलोचना भइरहेका बेला फेसबुकबाट उनको नृत्य बाहिरिएको छ ।
रुपन्देहीको बुटवलमा घर भएका भट्टराई लुम्बिनी क्षेत्रबाट राजनीति गर्दै आएका छन् ।
बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपाका महासचिव विष्णु पौडेल निकट मानिने राष्ट्रिय सभाका प्रमुख सचेतक भट्टराई अखिलको राजनीतिबाट माथि आएका हुन् । (शुरूकाे लाइनमा भट्टराई हुनु पर्नेमा अन्यथा पर्न गएकाेमा क्षमापर्थी छाैँ)
https://www.facebook.com/republicadainik2/videos/688273145327381/
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया