कांग्रेसका सांसद बडूले सरकारलाई दिए एक महिनाको पारिश्रमिक

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभाका सांसद दिलेन्द्रप्रसाद बडूले कोरोना भाइरसको संक्रमणमा सरकारलाई सहयोग गर्न आफ्नो १५ दिनको तलब थप गरेर एक महिनाको पारिश्रमिक काट्न संसद सचिवालयलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद बडूले मंगलबार संसद सचिवालयका महासचिवलाई पत्र पठाइ कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्नो एक महिनाको पारिश्रमिक कटाउन आग्रह गरेका हुन् ।

यसअघि पार्टीको निर्णयअनुसार कांग्रेसका सबै सांसदको १५ दिनको पारिश्रमिक दिने निर्णय भइसकेको छ । सोही निर्णयअनुसार बडूले आफ्नो थप १५ दिनको पनि पारिश्रमिक पनि कटाएर कोषलाई उपलब्ध गराउन आग्रह गरेका हुन् ।

‘कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार कोषमा म नेपाली कांग्रेस संसदीय दलको पत्रअनुसार १५ दिनको कट्टि हुने पारिश्रमिक रकममाथि थप १५ दिनको पारिश्रमिकसहित प्रतिनिधि सभाको सदस्यको नाताले हुन आउने एक महिनाको पारिश्रमिक रकम उक्त कोषको प्रयोजनका लागि स्थानीयतहमा खर्च हुने गरी जम्मा गर्ने मेरो निर्णय यसै पत्रमार्फत जानकारी गराउन चाहन्छु’, बडूद्वारा संसद सचिवालयलाई पठाइएको पत्रमा उल्लेख छ ।

Published : Wednesday, 2020 April 8, 10:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया