कांग्रेसलाई धोका दिएको ‘पाप’ एक वर्षभित्रै धुरीबाट करायो, लकडाउनका बेला उड्ने भयो पद

रौतहट । प्रतिबन्धित लागूऔषध गाजा त’स्करीको आरोपमा रौतहट जिल्लाको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहतालाई प’क्राउ गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्रा’उ पुर्जी जारी गरेको छ ।

मेयर मेहतालाई पक्रा’उ गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्ला प्रहरी कार्यालय रौतहटलाई प’क्राउ पुर्जी पठाएको छ ।

मेयर मेहतासँगै उनको भाइ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नगर अध्यक्ष मोहन मेहतालाई समेत प’क्राउ पुर्जी जारी भएको छ । मेयर मेहताका भाइ नेकपाका नगर कमिटीका अध्यक्ष मोहन मेहतालाई पनि प’क्राउ गर्न पुर्जी आएको प्रहरीले जनाएको छ ।

गाजा त’स्करीमा मुछिएपछि मकवानपुर जिल्ला अदालतले मेयर मेहता र नेकपा अध्यक्ष मेहता दाजुभाइलाई पक्रा’उ गर्न प्रहरीलाई प’क्राउ पुर्जी पठाएको हो ।

घटना गत माघ ११ गतेको हो । सो दिन हेटौँडा उपमहानगरपालिका १९ नेवारपानीस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक राजेशकुमार यादवको कमाण्डमा रहेको प्रहरीको टोलीले एम्बुलेन्सलाई चेकजाँच गर्दा ३० किलो ६०० ग्राम गाजा र नेपाली रु. ९१ हजार तथा भारतीय दुई हजार दुई सय रुपियाँ बरामद भएको थियो ।

रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको सरकारी एम्बुलेन्समा तीन वटा झोलाभित्र छ वटा पोकामा गाजा राखी मनहरीबाट हेटौँडातर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले प’क्राउ गरेको थिए ।

एम्बुलेन्समा चालक रौतहट डुमरियाका ३९ वर्षीय महम्मद खलिद तथा एम्बुलेन्समा सवार रहेका डुमरियाकै १९ वर्षीय अशोक कुमार र भारत बिहारको मोतिहारी जिल्ला बसन्तपुरका २२ वर्षीय विनोद सहनीलाई गाजा र एम्बुलेन्ससहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा अनुसन्धान भइरहेको छ ।

अदालतमा विनोद सहनीले दिएको बयानका आधारमा मकवानपुर जिल्ला अदालतले रौतहटको ईशनाथ नगरपालिकाका मेयर मेहता र उनका भाइ नेकपाका नगर अध्यक्ष मोहन मेहतालाई प’क्राउ गरी बुझाउन जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्ला अदालत मकवानपुरको आदेशअनुसार जिल्ला प्रहरी कार्यालय रौतहटलाई प’क्राउ पुर्जी पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट स्रोतले जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट पत्र आएको बताउँदै मेयर र उनका भाइलाई पक्रा’उ गर्न खोजतलास भइरहेको जनाएको छ ।

अदालतबाट प’क्राउ पुर्जी जारी भएपछि मेयर मेहताको पद धरापमा परेको छ । मेयर मेहता र भाइलाई प’क्राउ पुर्जी जारी भएपछि ईशनाथ नगरपालिकामा खैलाबैला मच्चिएको छ ।

मेयर मेहता पक्रा’उ परे भने उनकाे मेयर पद निलम्वित हुनेछ ।

नेपाली कांग्रेसबाट टिकट पाएर मेयरमा निर्वाचित भएका मेयर मन्तोष मेहता एक वर्ष अगाडि वैशाख १७ गते सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका थिए ।

नेकपाका नेता एवम् सांसद प्रभु साहको पहलमा मेयर मेहता नेकपामा प्रवेश गरेका थिए । ललितपुरको खुमलटारस्थित निवासमा नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीका लगाएर नेकपामा प्रवेश गराएका थिए । (यसअघि अन्यथा फाेटाे परेकाेमा क्षमा चाहन्छाैं)

Published : Wednesday, 2020 April 1, 9:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया