कांग्रेस केन्द्रीय सदस्य बस्नेतद्वारा सिन्धुपाल्चोकमा स्वास्थ्य सामग्री वितरण
सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लामा विभिन्न स्वास्थ्य केन्द्रहरूमा निःशुल्क रुपमा स्वास्थ्य सामग्री र औषधिहरू वितरण गरेका छन् ।
केन्द्रीय सदस्य बस्नेतले सोमबार सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिकाको प्रत्येक स्वास्थ केन्द्र र लिसङ्खुपाखर गाउँपालिकाको जेठक स्वास्थ केन्द्रमा कोरोना भाइरस रोकथामको लागि आवश्यक मेडिकल सामग्रीहरू वितरण गरेका हुन् ।
माक्स, पीपीइ, सेनिटाइजर, एप्रोन, गाउन, क्याप, स्वास्थ्यकर्मीहरूको लागि आवश्यक पर्ने सामग्री केन्द्रहरूलाई उपलब्ध गराइएको छ । बस्नेतले बिरामीका लागि पारासिटामल र डिकोल्ड औषधि पनि निःशुल्क उपलब्ध गराएको नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेतले जानकारी दिए ।
यसअघि, कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले सिन्धुपाल्चोकका तीन वटा प्राथामिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामग्रीसहित बेडहरू वितरण गरेका छन् ।
मेडिकल सामान र बेडको अभावमा गुज्रिरहेको स्थानीयतहका स्वास्थ्य संस्थाले बेडसहितका मेडिकल सामग्री पाएका हुन् ।
तातोपानी स्वास्थ्य चौकीका लागि क्वारेन्टाइन बनाउन ५ बेडसहित स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेलाई आइसेलेसन बेड २ तथा क्वारेन्टाइनको लागि ८ बेड दिइएको कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले जानकारी दिए ।
जलवीरे प्राथामिक स्वास्थ्य केन्द्रलाई मेडिकलसहितका सामग्री प्रदान गरिएको छ ।
दुई वटा स्वास्थ्य केन्द्रमा भने अत्यावश्यक एप्रोन, माक्स, ग्लोब्स, गाउन साथै बिरामीका लागि डिकोल्ड र प्यारासिटामोल लगायतका औषधि दिइएको छ ।
स्थानीय तहमा कारोना भाइरसको त्रास फेलिएको छ । स्वास्थ्य केन्द्रमा बिरामी भएर एकै पटक १० जना आए भने राख्ने ठाउँ छैन् ।
कांग्रेस नेता बस्नेतले जनताको आत्मबल बढाउन र उपचारमा सहयोग पुगोस् भनेर लकडाउनका बेला पनि स्वास्थ्य संस्थाहरूमा पुगेर स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।
कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले कोरोना भाइरसको संक्रमणबाट जोगिन जनचेतना आवश्यक रहेको भन्दै गाउँमा आउने नयाँ व्यक्तिलाई दुई हप्तासम्म एक्लै बस्ने (क्वारेन्टाइन) व्यवस्था गर्नुपर्ने बताए । उनले सिन्धुपाल्चोकका सर्वसाधारणहरूलाई पटक पटक साबुन पानीले हातधुन आग्रह गरेका छन् ।
जलवीरे प्राथामिक स्वास्थ्य केन्द्रका चिकित्सक डा.सन्दीप पौडेलले ज्वरो आएर कुनै बिरामी उपचार गर्न आयो भने स्वास्थ्यकर्मीहरूले लगाउने ‘पीपीई’सहितका सामग्रीको अभाव भएको बताए ।
उनले पूर्वमन्त्री बस्नेतको सहयोगले गर्दा बिरामीहरूको उपचार गर्न केही सहयोग मिलेको बताएका छन् । (तस्वीर साैजन्य निराेज चाैलागाइँ)

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया