एयरलाइन्सहरूलाई मौकाको फाइदा नउठाउन खतिवडाको सुझाव
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले एयरलाइन्स कम्पनीहरूले संकटको बेला यात्रुहरूसँग महँगो भाडा असुलेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
युवा नेता खतिवडाले देश र जनता संकटमा रहेका बेला यही हो मौकाभन्दै महँगो भाडा लिएर कालोबजारी गरेकोमा चिन्ता जनाएका हुन् ।
खतिवडाले ट्वीट गर्दै दुःखको बेला जनतालाई राहत दिने र देशको सेवा गर्ने बेला यही बेला हो कमाउने मौका भनेर जनतालाई कालोबजारीमा टिकट बिक्री नगर्न सुझाव दिएका हुन् ।
‘यो समय एयरलाइन्सहरूले भाडामा बढी असुली गरेको सुन्नमा आएको छ’, खतिवडाले भनेका छन्, ‘सरकारले अनुगमन गरोस् ।’
‘पर्यटन मन्त्री आफैं काबिल हुनुहुन्छ । जनताले दुःख पाउने भनने विश्वास गरौं’, खतिवडाले भनेका छन्, ‘अहिलेसम्म मन्त्रीज्यूका कामबाट हामी धेरै उत्साहित छैनौं । जनताका भनाइमा ध्यानाकर्षण होस् ।’
एयरलाइन्स कम्पनीहरूले आन्तरिक उडानमा अत्यन्तै चर्को भाडा लिएको गुनासाहरू आइरहेका छन् । पर्यटनमन्त्री योगेश भट्टराईले शनिबार एयरलाइन्स कम्पनीका सञ्चालकहरूलाई भाडा महँगो लिएको विषयमा सोधपुछ गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया