नेकपाका दाेस्राे तहका अध्यक्ष दाहालद्वारा सम्पूर्ण भेटघाटहरू बन्द

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफ्ना सबै राजनीतिक कार्यक्रमहरू रोकेका छन् ।

विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोविड–१९)को संक्रमणको जोखिम बढेको भन्दै दाहालले भेटघाटका कार्यक्रमहरूलाई रोकेका हुन् ।

सरकारले सोही विषयलाई मध्यनजर गर्दै अत्यावश्यक बाहेकका कामामा घरबाहिर हिँडडुल नगर्न भनेको छ । सरकारले २५ जनाभन्दा बढी भेला नहुन पनि निर्देशन जारी गरिसकेको छ ।

दाहालले कोरोनाको माहामारीलाई मध्यनजर गर्दै अत्यावश्यक बाहेक सम्पूर्ण भेटघाट हाललाई स्थगित गरेको उनकी छोरी गंगा दाहालले फेसबुकमार्फत जनाएकी छिन् ।

बिहीबार बिहान स्वकीय सचिव समेत रहेकी गंगाले फेसबुकमार्फत् अधिकांश भेटघाटहरू स्थगित भएको जनाएकी हुन् ।

‘विश्वभर महामारीका रुपमा फैलिदै गएको कोरोना भाईरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पूर्ण भेटघाट (अत्यावश्यक बाहेक) हाललाई स्थगित गरिएको छ’, छोरी गंगाले भनेकी छिन् ।

Published : Thursday, 2020 March 19, 9:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया