कालीकोटमा नेकपाका लोकप्रिय नेतासहितको जम्बो टोली कांग्रेसमा प्रवेश
कालिकोट । कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाँउपालिका वडा नम्बर ७, ८ र ९ मा नेपाली कांग्रेसका अगुवा नेता तथा कार्यकर्ताको भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेसका निवर्तमान सभापति कालीबहादुर सहकारी, प्रदेश ‘ख’का सभापति दमनबहादुर शाही, महाधिवेशन प्रतिनिधि दानबहादुर बम, कांग्रेस नेता दुर्ग केसी, वीरेन्द्र केसी, रत्न बुढा लगायतका नेताहरूको उपस्थितिमा कांग्रेसका अगुवा नेता तथा कार्यकर्ताको भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा साविकको मुम्रा गाविस उपाध्यक्ष तथा नेकपाका नेता चन्द्रलाल सिम्खाडासहित दर्जन बढी नेता तथा कार्यकर्ताहरू नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
०५४ सालमा नेकपा एमालेबाट गाविस उपाध्यक्ष निर्वाचित भएका स्थानीयस्तरका लोकप्रिय नेता सिम्खाडाले कांग्रेसको बिचार र कांग्रेसप्रति नागरिकको विश्वासका आधारमा नेकपा परित्याग गरेको बताए ।
उनले अब कांग्रेसबाटै राजनीतिक भविश्य निर्माण गर्ने अभियानमा लाग्ने जानकारी दिए । कार्यक्रममा नेकपा परित्याग गरी सुरेन्द्र केसी, दिनेश केसी, बीर्ख केसी, अग्र सहकारी, मानबहादुर केसी, भद्रा केसी, दीर्घ सुनार, शक्ति केसी, उदयराम केसी लगायतका दर्जनौँ नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका निर्वतमान पार्टी सभापति कालीबहादुर सहकारीले नेकपा दुईतिहाइको कम्युनिस्ट सरकार काण्डै काण्डमा डुबेको बताए ।
उनले मुलुकमा कांग्रेस कमजोर हुँदा सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता कमजोर भएको बताउँदै मुलुकको अखण्डता बलियो बनाउन कांग्रेसको बिकल्प नरहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस कालिकोट प्रदेश सभा ‘ख’का सभापति दमनबहादुर शाहीले स्थानीय तहदेखि संघीय सरकारसम्म भ्रष्टाचारको शिकार भएको भन्दै जिल्लामा भ्रष्टाचारबिरुद्ध कांग्रेसले भण्डाफोर गर्ने बताए ।
उनले अहिलेका स्थानीय सरकारले जनचाहानाभन्दा आसेपासेलाई योजना निर्माणमा लगाएकाले यसले जिल्लाको समग्र विकास प्रभावित हुने बताए ।
कांग्रेसका महाधिवेशन प्रतिनिधि दानबहादुर बमले दलितको मुद्धामा वकालत गर्ने माओवादीहरू नै अहिले बढी दलितलाई बिभेद गर्ने गरेको बताए । उनले कांग्रेसले सबै जाति, सबै भाषीहरूको सम्मान गर्ने गरेको जानकारी दिए ।
केही दिन अगाडि कांग्रेसका निर्वाचित जनप्रतिनिधि सहित केही नेताहरू नेकपामा प्रवेश गरेको भन्ने सूचना भ्रम रहेको कांग्रेसले दावी गरेको छ ।
कार्यक्रममा सान्नीत्रिवेणी गाँउपालिका वडा नम्बर ७, ८ र ९ का स्थानीय नेता तथा कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया