कांग्रेसलाई कसरी मिलाउने ? गगनले दिए यस्ता सझावहरू

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले सबैको सल्लाह र सुझावमा पार्टी चलाउनुपर्ने बताएका छन् ।

काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा थापाले पार्टी चलाउने सन्दर्भमा सभपाति देउवालाई सबैले मद्दत गर्नुपर्ने बताए । ‘उहाँले मद्दत लिन सक्नु पनि पर्छ । पार्टी चलाउने चालकको जिम्मेबारीमा उहाँनै हुनुहुन्छ’, उनले भने, ‘उहाँले मलाई अर्कोले सहयोग गरेन, यसले गरेन, उसले गरेन भन्यो भने, त्यस्तोलाई हामी रुन्चे भन्छौँ ।’

‘हामी प्रधानमन्त्री पनि रुन्चे भएको हेर्न चाहन्नौं, पार्टी सभापति पनि रुन्चे भएको हेर्न चाहन्नौँ’, युवा नेता थापाले भने, ‘सभापतिले आफ्नो जिम्मेवारी पूरा गर्न सक्नुपर्छ । हाम्रो सन्दर्भमा पनि त्यही हो ।’

‘यो बेलामा नेपाली कांग्रेसका निम्ति हाम्रो आफ्नो जिम्मेवारी छ । यतिबेला हामी यो राष्ट्रिय जोखिममा सरकारलाई मद्दत गरिरहेका छौं’, उनले भने, ‘पार्टीभित्रको यतिखेरको काम भनेको हाम्रो अधिवेशन नै हो । अधिवेशनमा हामी निर्वाचन गर्छौं । तपाईहरू सबै फर्केर वडामा जानुहुन्छ । वडामा निर्वाचन लड्ने भनेको कसलाई हराउने हो ? पार्टीभित्रैको अर्को साथीलाई ।’

‘पार्टीभन्दा बाहिर अर्को पार्टीको साथीलाई हराउँदा आफ्नै मजा आउँछ र आफ्नै सजिलो पनि हुन्छ’, उनले भने, ‘आफ्नै पार्टीभित्र अर्को साथीसँग प्रतिष्पर्धा गर्नु, जित्नु र उसलाई हराउनु भन्ने कुरा आफैँमा गाह्रो छ ।’

‘हामी तलदेखि यो प्राक्टिस गरेको हुँदा हाम्रो पार्टीभित्र हामी कहिलेकाहिँ लोकतान्त्रिक अभ्यासको सवल पक्षलाई पनि देख्छौं’, उनले भने, ‘यसले ल्याउने चुनौतीहरू पनि छ । त्यसकारणले गर्दा समूहहरू बन्छ । विचारका आधारमा गुट बन्छन् ।’

‘निर्वाचनलाई हेरेर मात्रै पनि गुट बन्छन् । पार्टीभित्र समूहहरू बन्छ । यस्तो निर्वाचनको पद्धतिमा के हो भने समूहहरु निर्माण भइसकेपछाडि जब पार्टीको सत्ताको निर्णय हुन्छ, पार्टीको जिम्मेवारी पाउने मान्छे खासगरी मुलतः सभापति’, युवा नेता थापाले भने, ‘सभापतिको समूह हुनहुन्न । सभापतिको पूर्वसमूहमात्रै हुन्छ ।’

‘अधिवेशन हुनभन्दा पहिला, सभापति हुनुभन्दा पहिला उहाँ यो समूहसँग नजिक हुनुहुन्थ्यो त्यो मिल्छ’, उनले भने, ‘अधिवेशन भइसकेपछि पनि सभापति एउटा समूहसँग रहिराख्न मिल्दैन । पार्टी सभापति सबैको हुनपर्छ ।’

‘पार्टी सभापतिले सबैको हुने प्रयास गर्दा सबैले मद्दत पनि गर्नुपर्छ’, उनले भने, ‘यही कुरालाई लिएर हाम्रो अधिवेशनका कुराका सन्दर्भमा कतिपय अलमल भइसकेपछि आदरणीय नेता कृष्ण दाइकै नेतृत्वमा हामीले पार्टीलाई अधिवेशनमा लिएर जाने कुराको सन्दर्भमा जहाँ सभापतिमाथि दबाब सिर्जना गर्नुपर्ने हो त्यहाँ दबाब सिर्जना गर्न पनि गयौं । दबाद पनि सिर्जना गर्‍यौं ।’

‘दबाब सिर्जना गर्दैगर्दा नचुडियोस भन्नेतर्फ सचेत पनि रह्यौं । र, त्यसले एकै चोटी ठूलो द्वन्द्वको अवस्था पनि नल्याओस है भनेर’, उनले भनेका छन् ।

‘हामी एकठाउँमा बस्ने अवस्था नआउने गरी त्यस्तो अवस्था सिर्जना नहोस् भन्नेतर्फ पनि हामीहरू सचेत रह्यौँ’, थापाले भने, ‘सचेततापूर्वक काम र्गयौं । त्यसले ठीकठाक पनि गरेको थियो ।’

‘तपाईंहरूले देख्नुभयो, सभापतिजीले लगातार बैठक गर्दै जानुभयो’, उनले भने, ‘पार्टीको वरिष्ठ नेतालगायतका नेताहरूले, पार्टीकै निर्वाचित महामन्त्रीले समेत पनि बैठक बहिष्कार गरेको अवस्था रह्यो ।’

‘त्यस्तो अवस्थामा आदरणीय नेता कृष्ण सिटौलाले सभापतिजीलाई गएर भेटेर, एउटा पत्रै दिएर, लिखित रुपमा यो यो कमजोरी भएको छ त्यसलाई सच्याउनुस् तपाईं सभापति हो’, थापाले भने, ‘आफू कतिपय सन्दर्भमा बैठकमा नगएर तर, सँगसँगै दुईटाको बीचमा संवाद गराउने लगातार प्रयास पनि गर्नुभयो ।’

‘अन्तमा गएर उहाँको प्रयास रह्यो । अरु नेताहरूको पनि रह्यो । त्यो प्रयासबाट फेरि हामीहरू सबै जना बैठकमा गएर देशैभरि शानदार ढंगले कांग्रेसफेरि आफ्नै बीचका मनमुटाबहरू ताडेर, सक्काएर अधिवेशनको माहोल बन्यो भनेर गइसके पछाडि फेरि अहिले पार्टीभित्र एक पछि अर्को निर्णयहरू गर्दै जाने काम भएको छ’, उनले भनेका छन् ।

Published : Monday, 2020 March 16, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया