संसद सचिवालयमा योगीले पाए ठूलाे जिम्मेवारी
काठमाडौं । संसद सचिवालयको कायममुकायम महासचिवको जिम्मेवारी सचिव गोपालनाथ योगीलाई दिइएको छ ।
सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाका सचिव योगीलाई अर्को व्यवस्था नभएसम्मका लागि कायममुकायम महासचिवको जिम्मेवारी दिएका हुन् ।
आइतबारदेखि महासचिव मनोहरप्रसाद भट्टराईले अनिवार्य अवकास पाएका छन् ।
सभामुख सापकोटाले योगीलाई कायममुकायम महासचिवको जिम्मेवारी दिएको पत्रमा उल्लेख छ ।
योगीले चैत ३ गतेबाट अर्को व्यवस्था नहुन्जेलका लागि कायममुकायम महासचिवको जिम्मेवारी सम्हाल्नेछन् ।
Published : Sunday, 2020 March 15, 9:55 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया