कांग्रेसले तोक्यो सदस्यता शुल्क, केन्द्र र जिल्लालाई रकम बाँडफाँड
काठमाडौं । नेपाली कांग्रेसले १४औा महाधिवेशनका क्रियाशील सदस्यता र नवीकरणका लागि रकम तोकेको छ ।
कांग्रेसले ७७ वटै जिल्लामा क्रियाशील सदस्यता र नवीकरण सदस्यता फारम पठाइसकेको छ ।
कांग्रेसका अनुसार समायोजन भइसकेका जिल्ला र क्षेत्रहरूमा जिल्लाले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको काम शुरू गरिसकेको छ ।
कांग्रेसमा साधारण र क्रियाशील गरी दुई सदस्यता लिन मिल्छ । नयाँ क्रियाशील सदस्य बन्न चाहनेले तीन सय रूपियाँ तिर्नुपर्ने व्यवस्था पार्टीको विधानमा उल्लेख छ ।
पहिले नै क्रियाशील लिएकाहरूले नवीकरण गर्न दुई सय रूपियाँ तिर्नुपर्नेछ ।
कांग्रेसले फोटोसहित विभिन्न फारम भरेपछि क्रियाशील र नवीकरण सदस्यता वितरणको प्रक्रिया सुरू गर्छ ।
कांग्रेसमा १३औं महाधिवेशनका बेला चार लाख ८० हजार क्रियाशील सदस्य थिए । त्यो संख्यालाई नवीकरण गर्ने र थप चार लाख नयाँ क्रियाशील सदस्यता वितरण गर्ने तयारीमा कांग्रेस छ ।
क्रियाशील सदस्यता नवीकरण शुल्क दुई सय रूपियाँमध्ये एक सय ५० रूपियाँ केन्द्रमा पठाउनुपर्नेछ । बाँकी ५० रूपियाँ जिल्ला कार्यसमितिले राख्छ ।
कांग्रेस विधानले नै क्रियाशील सदस्यता र नवीकरण शुल्क केन्द्र, प्रदेश र स्थानीय कार्यसमितिले बाँडफाँड गरी लिन मिल्ने व्यवस्था मिलाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया