शुक्रबार बिहानै बस्यो कांग्रेसको आकस्मिक बैठक, भयो गम्भीर निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री पूर्णकुमार शेर्मा लिम्बुको निधन भएकोमा शोक प्रस्ताव पारित गरेको छ ।

शुक्रबार बिहान सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले स्व.शेर्माप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक मनाउने निर्णय गरेको हो ।

‘नेपाली कांग्रेसका नेता, पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद एवं पूर्व स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्मा लिम्बूको २०७६ फागुन २८ गते ललितपुरको निदान अस्पतालमा उपचारका क्रममा निधन भएको छ’, कांग्रेसले विज्ञप्तिमा भनेको छ ।

‘बिक्रम संवत २००० असोज १२ गते जन्मनु भएका शेर्माको असामयिक निधनले हामी स्तब्ध भएका छौँ’, शोक विज्ञप्तिमा भनिएको छ, ‘उहाँले पार्टीको विभिन्न तहको विभिन्न पदमा रही सक्रिय भूमिका निर्वाह गर्नुका साथै नेपाली कांग्रेसको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनहरू तथा समुदायको उत्थान, सामाजिक सेवा र ग्रामीण विकासमा पुर्‍याउनु भएको योगदान पार्टी र देशको इतिहासमा सदा स्मरणीय रहिरहनेछ ।’

‘नेता शेर्माको राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति नेपाली कांग्रेस उच्च सम्मान प्रकट गर्दछ’, कांग्रेसले भनेको छ ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो आकस्मिक बैठक स्वर्गीय शेर्माप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘उहाँका शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।’

नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शेर्माप्रति सम्मान प्रकट गर्दै शोकका विविभन्न कार्यक्रमहरू निर्धारण गरेको जनाएको छ ।

नेपाली कांग्रेसले २०७६ फागुन ३०, चैत १ र २ गते तीनदिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालहरूमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

चैत २ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने निर्णय भएको कांग्रेसले जनाएको छ ।

‘उहाँको स्वर्गारोहणको १३ औं दिन केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

000

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सभापति श्री शेरबहादुर देउवाको अध्यक्षतामा आज २०७६ फागुन ३० गते पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बस्यो । बैठकद्वारा पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री पूर्णकुमार शेर्मा (लिम्वू) को निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित

शोक प्रस्ताव र निर्णयहरू

१. नेपाली कांग्रेसका नेता, पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद एवं पूर्व स्थानीय विकास मन्त्री श्री पूर्णकुमार शेर्मा (लिम्वू) को २०७६ फागुन २८ गते ललितपुरको निदान अस्पतालमा उपचारका क्रममा निधन भएको छ । वि.सं. २००० असोज १२ गते जन्मनु भएका श्री शेर्माको असामयिक निधनले हामी स्तब्ध भएका छौँ ।

उहाँले पार्टीको विभिन्न तहको विभिन्न पदमा रही सक्रिय भूमिका निर्वाह गर्नुका साथै नेपाली कांग्रेसको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनहरू तथा समुदायको उत्थान, सामाजिक सेवा र ग्रामिण विकासमा पुर्‍याउनु भएको योगदान पार्टी र देशको इतिहासमा सदा स्मरणीय रहिरहनेछ । नेता शेर्माको राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति नेपाली कांग्रेस उच्च सम्मान प्रकट गर्दछ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो आकस्मिक बैठक स्वर्गीय शेर्माप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्दछ । साथै, उहाँका शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।

२. पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शेर्माप्रति सम्मान प्रकट गर्दै शोकका देहाय बमोजिमका कार्यक्रमहरू निर्धारण गरिएको छ—

(क) २०७६ फागुन ३०, चैत्र १ र २ गते तीनदिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालहरूमा पार्टीको झण्डा आधा झुकाउने ।

(ख) २०७६ चैत्र २ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने ।

(ग) उहाँको स्वर्गारोहणको १३ औं दिन केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गर्ने ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

Published : Friday, 2020 March 13, 11:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया