यस्ताे छ प्रचण्डकाे खेल, गाैतमलाई उचाल्दा कसलाई फाइदा ?
काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा रोक्ने प्रयासमा रहेको आरोप लागेको छ ।
ओलीले भन्दा पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै गौतमलाई कुटनीतिक रुपमा राष्ट्रिय सभामा रोकेको चर्चा हुन थालेको छ । गौतमलाई राष्ट्रिय सभाको भाक प्रचण्डले जगाइदिएका हुन् । ओलीलाई देखाएर प्रचण्डले गौतमलाई आफू निकटमा बनाइ राख्ने प्रयास गरिरहेको स्रोतले जनाएको छ ।
ओली मृगौला प्रत्यारोपणका लागि अस्पताल जानुअघि नेकपा सचिवालयले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीतका लागि सरकारबाट सिफारिश गर्ने निर्णय गरेपनि कार्यान्वयन भएको छैन । ओली अस्पतालको बेडमा रहेको अवस्थामा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले गौतमलाई मनोनीत नगर्ने संकेत गरेका छन् ।
पोखरेलले गौतम राष्ट्रियसभामा मनोनीत गर्ने विषय अनभिज्ञता प्रकट गर्दै आएका छन् । यसअघि ओली पक्षका नेताहरूले गौतमलाई कुनै हालतमा मनोनीत गर्न नहुने धारणा सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्रीका विदेश मामला सल्लाहकार डा. राजन भट्टराईले सरकारलाई पार्टीले निर्देशन दिन नमिल्ने सुझाव मात्र दिन मिल्ने तर्क गरिसकेका छन् । यसको अर्थ प्रधानमन्त्री ओली सरकारको काममा सचिवालयको निर्णय मान्न बाध्य हुने छैनन् भन्ने तर्कका साथ गौतमलाई रोक्न खोजिएको छ ।
ओली विरोधी समूह भने पार्टी सचिवालयको निर्णय कुनै हालतमा मान्नुपर्ने पक्षमा छन् । नेकपाका दोस्रो तहका अध्यक्ष प्रचण्डले ओलीले सचिवालय निर्णय मान्नेमा आफू ढुक्क भएको बताउँदै आएका छन् । तर, ओलीलाई देखाएर प्रचण्डले गौतमलाई असफल बनाउन सक्रिय भएको एक नेताले बताए ।
वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पनि निर्णय मान्नुपर्ने पक्षमा छन् । नारायणकाजी श्रेष्ठ र रामबहादुर थापापनि निर्णय मान्नुपर्ने पक्षमा छन् । विष्णु पौडेल मध्यमार्गमा छन् । उनी कुरा मिलाउन दुवै पक्षमा पुगिरहेका छन् । ईंश्वर पोखरेल गौतमलाई मनोनीत गर्न नहुने पक्षमा छन् ।
ओली समूहले गौतमलाई राष्ट्रियसभामा जानबाट रोकेरै छाड्ने रणनीति बनाइसकेको छ । यसका लागि बलियो आधार तयार गर्न वरिष्ठ नेता माधवकुमार नेपाललाई मनाउन खोजिएको छ । ओलीले नेपाललाई मिर्गौला प्रत्यारोपण अघि पटक–पटक भेटिसकेका छन् ।
एमालेको गत महाधिवेशनमा नेपाललाई गौतमले साथ छाडेका थिए । ओलीलाई साथ दिएकाले विजयी भए । गौतमले ओलीबाट धोका पाएको गुनासो आफू निकटस्थसँग गरेका छन् । बर्दियाको प्रतिनिधिसभा निर्वाचनमा आफूलाई ओली निकटस्थल अन्र्तघात गरेको गौतम पक्षले आरोप लगाएको थियो ।
नेकपाभित्रको ओली–गौतम विवादबाट अन्य नेताहरूले पनि लाभ लिन खोजिरहेका छन् । यो द्वन्द्वका क्रममा गौतम मनोनीत हुने नहुनेले राष्ट्रिय राजनीतिमा समेत असर पार्ने अवस्था बन्न सक्छ । गौतम नयाँ रणनीतिका साथ तयारीमा छन् ।
उनले राष्ट्रियसभामा मनोनीत गर्ने सचिवालय निर्णय ओलीले नमाने कडा कदम चाल्ने तयारी गरिरहेका छन् । यसकारण ओली अस्पतालबाट फर्किएपछि नेकपाभित्रको विवाद पेचिलो बन्दै जाने देखिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया