कांग्रेसमा दुई पटक केन्द्रीय सदस्य भएका नेताको निधन
काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णकुमार शेर्माको बुधबार निधन भएको छ ।
ललितपुरको निदान अस्पताल पुलचोकमा उपचारको क्रममा पूर्व मन्त्री समेत रहेका शेर्माको निधन भएको हो । उनलेको बुधबार दिउँसो चार बजे निधन भएको आफन्तले जनाएका छन् ।
दुइटा मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि शेर्मा उपचाररत थिए । बिक्रम संवत २००० साल असोज १२ गते पाँचथर जिल्लाको मिल्लाजुङ गाउँपालिका २, सराङडाँडामा जन्मिएका शेर्मा २०६६ सालमा स्थानीय विकासमन्त्री भएका थिए ।
नेपाली कांग्रेस पाँचथरको दुई पटक सभापति भएर पार्टीको नेतृत्व गरेका थिए ।
२०५७ सालमा भएको १० औँ र २०६१ सालमा भएको ११औँ अधिवेशनले शेर्मालाई सभापतिमा भएका थिए ।
शेर्मा कांग्रेसको १० औँ र ११ औँ महाधिबेशनबाट दुई पटक केन्द्रीय सदस्यमा निर्वाचित समेत भएका थिए ।
नेता शेर्मा २०२१ सालमा निगाले गाउँ पञ्चायतको प्रधानपञ्चसमेत भएका थिए । शेर्माका दुई श्रीमतीमध्ये कान्छी जनिमाया मगरको साथमा उनी काठमाडौंमा बस्दै आएका थिए । उनका दुई छोरा र पाँच छोरी छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया