देउवाले बनाए अधिकारीलाई दलको नेता
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेतामा राधेश्याम अधिकारीलाई मनोनयन गरेको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले दलको नेतामा रिक्त पदमा अधिकारीलाई मनोनयन गरेका हुन् । सभापति देउवाले मंगलबार अधिकारीलाई सो जिम्मेवारी दिएका हुन् ।
‘नेपाली कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाज्यूले रिक्त रहेको राष्ट्रिय सभा संसदीय दलको नेता पदमा नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीलाई मनोनयन गर्नु भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता रहेका सुरेन्द्र पाण्डेको समयावधी फागुन २० गतेदेखि समाप्त भएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया