निधिकाे निर्देशनमा कोइराला परिवारको कार्यक्रम बिथाेल्ने प्रयास, धनुषामा देखियाे हर्कत
काठमाडौं । नेपाली कांग्रेका उपसभापति विमलेन्द्र निधिसहित उनी निकटका नेता तथा कार्यकर्ताहरूले धनुषा जिल्लामा कोइराला परिवार सहभागी कार्यक्रम बहिस्कार गरेका छन् ।
उपसभापति निधिको निर्देशनमा ‘गिरिजाप्रसाद कोइराला फाउण्डेसन’ले आइतबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रम बहिस्कार गरिएको हो ।
कार्यक्रममा धनुषा जिल्लाबाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यहरू निमन्त्रणा गरिएको थियो ।
सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइराला, सुजाता कोइराला तथा पार्टीका केन्द्रीय सदस्यहरू सहभागी थिए ।
तर, उपसभापति निधिसहित उनी निकट मानिने केन्द्रीय सदस्यसहित धनुषा कांग्रेसका सभापति महेशशंकर गिरीसहितको समूहले कोइराला परिवार उपस्थित कार्यक्रम बहिस्कार गरेको हो । निधिको यो घटनाले कोइराला परिवार असन्तुष्ट बनेको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाको सबैभन्दा निकट मानिने उपसभापति निधिले आफ्नै गृहजिल्ला धनुषामा कोइराला परिवारलाई अपमान हुने गरेर हर्कत देखाएपछि कांग्रेसभित्र खैलाबैला भएको छ ।
सो कार्यक्रममा सभापति निधिलाई समेत निम्तो पुगेको थियो । निधि त कार्यक्रममा आएनन् आएनन्, उनले आफू निकटका नेता तथा कार्यकर्ताहरूलाई सहभागी नहुन निर्देशन दिएको जिल्ला कार्यसमितिका एक सदस्यले बताए ।
कोइराला परिवार सहाभागी कार्यक्रम बहिस्कार गरिएको विषयमा उपसभापति निधिले केही भनेका छैनन् ।
शान्ति प्रक्रियाका ‘महानायक’ भनेर चिनिने स्व.गिरिजाप्रसाद कोइरालाको नाम जोडिएको कार्यक्रमलाई उपसभापति निधिबाट गरिएको अपमान र कार्यक्रम बिथोल्ने प्रयासले प्रदेश २ मा उपसभापति निधिप्रति कांग्रेसका नेता तथा कार्यकर्ताहरू आक्रोशित बनेका छन् ।
स्व.गिरिजाप्रसाद कोइराला कांग्रेसको सभापति मात्रै होइनन् । उनी देशमा शान्ति ल्याएर संघीय लोकतान्त्रिक गणतन्त्रको बीउ रोपेका व्यक्ति हुन् । उनै स्व.कोइरालाका कारण जनताले अधिकार पाएका छन् । आफैले संविधान बनाएका छन् ।
जनकपुरधाममा आयोजित फाउण्डेसनको कार्यक्रममा स्व.गिरिजाप्रसाद कोइरालाको स्मारिका बिमोचन कार्यक्रम थियो ।
त्यति मात्रै होइन उपसभापति निधि निकट मानिने स्थानीय नेताहरूले फाउण्डेसनको नाममा कार्यक्रम गरेको भन्दै कार्यक्रममा सहभागी भएका कोइराला परिवारका नेताहरूलाई कारबाहीको माग समेत गरेका छन् ।
धनुषा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति कन्हैयालाल कर्णले डा.शेखर कोइराला र सुजाता कोइरालासहितका नेताहरूलाई कारबाहीको माग गरेका छन् । कर्णले कोरोना भाइरसको संक्रमणको डर भएका बेला पार्टी नीति र निर्देशन विपरित कार्यक्रम गर्ने फाउण्डेसन र डा.शेखर कोइराला र सुजाता कोइरालालाई कारबाहीको माग गरेका हुन् ।
नेतृ सुजाता कोइरालाले उपसभापति निधि समूहले फाउण्डेसनको कार्यक्रम बहिस्कार गरेकोमा मञ्चबाट आलोचना गरेकी थिइन् । उनले कांग्रेसका लागि जीवन योगदान गरेका गिरिजाप्रसाद कोइरालासंग सम्बन्धित कार्यक्रम उपसभपाति निधि समूहले बहिस्कार गरेकोमा आक्रोश पोखेकी हुन् ।
नेता डा.शेखर कोइरालाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिजाबाबुको बारेमा गलत बोलेर आफू संक्रमणकालीन मुद्दाबाट बच्ने प्रपञ्च रच्न थालेको आरोप लगाएका थिए ।
डा.कोइरालाले सक्रमणकालीन न्यायको तरबार ‘प्रचण्ड’माथी झुण्डिरहेको बताएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया