निरीक्षक राउतको ‘तरुनी काण्ड’ एसएसपीले लुकाए
काठमाडौं । प्रहरी निरीक्षक किरण राउतले आफ्नी प्रेमिकालाई गोली चलाउन सिकाएपछि विवादमा परेका छन् ।
निरीक्षक राउतको हर्कतको उजुरी प्रहरी हेडक्वाटरसम्म आएको छ ।
केही दिन अगाडि राउतले आफ्नी प्रेमिकालाई चितवन जिल्लाको भरतपुरमा रहेको तालिम शिक्षालयमा फायरिङ गर्न सिकाएको उच्च प्रहरी स्रोतले जनाएको छ ।
प्रहरी सहायक निरीक्षकहरूलाई बन्दुक चलाउन सिकाउन निरीक्षक राउतले नेतृत्व गरेर गएका थिए । सोही बेला उनले आफ्नी प्रेमिकालाई बन्दुक दिएका थिए ।
सहायक प्रहरी निरीक्षकहरूलाई बन्दुक चलाउने तरिका सिकाउन गएका प्रहरी निरीक्षक राउतले प्रेमिकालाई फायरिङ गर्न सिकाएपछि हँगामा भएको छ ।
असईहरूका लागि गोली निरीक्षक राउतले आफ्नी प्रेमिकालाई फायरिङ गर्न दिएको स्रोतले जनाएको छ ।
भरतपुर तालिम शिक्षालयको प्रमुखमा एसएसपी बुद्धिराज गुरूङ छन् । एसएसपी गुरुङले निरीक्षक राउतको प्रेमिका काण्ड लुकाउन खोजेको आरोप लागेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया