बिहे खान आएका प्रचण्डलाई सिडिओको भव्य स्वागत

भरतपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आइपुगेका छन् ।

अध्यक्ष दाहाल चितवनको वैवाहिक कार्यक्रममा सहभागी हुन आइतबार बिहान भरतपुर आइपुगेका हुन् । दलबलसहित चितवन आइपुगका दाहाल बिहे कार्यक्रममा सहभागी हुनेछन् ।

भरतपुर विमानस्थलको विमानबाट ओर्लिएका दाहाललाई स्वागत गर्न चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नारायणप्रसाद भट्टराई विमान नजिकै पुगेको प्रत्यक्षदर्शीले बताए । सिडिओ भट्टराईले दाहाललाई मनैभित्रबाट दुई हात जोडेर अभिनन्दन गरेका थिए ।

प्रधानमन्त्री खड्गप्रसाद ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएकै दिनदेखि दाहालपनि खुमलटारस्थित निवासमा आराम गरिरहेका थिए ।

दाहालले ओलीको मिर्गौला प्रत्यारोपण गर्नुभन्दा अघिल्लो दिन मंगलबार शिक्षण अस्पतालमा भेटेका थिए ।

दोस्रो तहका अध्यक्ष दाहाललाई रुघाखोकी र सामान्य ज्वरो आएपछि घरमा आराम गरिरहेको स्रोतले जनाएको छ । अस्वस्थ्य भएपछि दाहालले भेटघाटलाई पनि पातलो बनाएका थिए ।

Published : Sunday, 2020 March 8, 6:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया