ढाँट कम्युनिस्टहरूको पछाडि लाग्न छाड्नुस्ः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्टहरूले शेर्पा समुदायलाई ढाँटेको आरोप लगाएका छन् ।

ओखलढुंगा शेर्पा संघले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले निर्वाचनका बेला कम्युनिस्टहरूले शेर्पासहितका जनजातिहरूलाई प्रयोग गरेको बताए ।

उनले शेर्पा समुदायको ल्होसार पर्वका अवसरमा सार्वजनिक विवाद नदिएर कम्युनिस्ट सरकारले शेर्पाहरूमाथि अन्याय गरेको बताए ।

‘निर्वाचनका बेला शेर्पा समुदायलाई प्रयोग गरेर भोट मागियो । जितेर आए । शेर्पा समुदायको ल्होसार पर्वको सर्वाजनिक विवाद कटौती गरियो’, उनले भने, ‘लोकतन्त्रमा सबैको समान अधिकार हुन्छ । आजैदेखि शेर्पा समुदाय लोकतान्त्रिक शक्तिको पक्षमा लाग्नुपर्छ । कांग्रेसले सबैर्लाइ न्याया दिन्छ ।’

‘जुन जातिलाई भेट्यो त्यो जातिलाई राज्य बाँड्दै हिँड्ने’, उनले भने, ‘जितेर सत्तामा गएपछि ल्होसार पर्वको पनि विदा कटौती गर्ने । यस्ता ढाँट कार्यले कसैको पनि भलो हुँदैन ।’

राष्ट्रपति, प्रधानमन्त्रीहरू विदेश गएको प्रशंग कोट्याउँदै नेपाली कांग्रेसका नेता खतिवडाले भने, ‘राष्ट्रपति, प्रधानमन्त्रीहरू विदेश जानु हुन्छ । उहाँहरूले भन्दा देशलाई चिनाउने कार्य शेर्पाहरूले गरेका छन् ।’

शेर्पा समुदायले सगरमाथादेखि गौतम बुद्धको नाममा देशको नाम विश्वभरि चिनाएको उनले बताए ।

Published : Saturday, 2020 March 7, 6:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया