एक्लिइन् कानूनमन्त्री तुम्बाहाङफे, कम्युनिस्टहरूले नै पत्याएनन्

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको उक्साहटमा केही समय सभामुख बन्न दौडधुप गरेकी डा.शिवमाया तुम्बाहाङफेफेरि एक पटक विवादमा आएकी छिन् ।

तुम्बाहाङफेको छुद्र व्यवहारका कारण पछिल्लो समय पार्टीभित्र र आफू निकटका साथीहरूसँग टाढिदै गएकी छिन् । नेम्वाङकै उक्साहटमा सभामुख पदमा तुम्बाहाङफेले माग दाबी गरेपछि लामो समयसम्म सभामुख चयनमा अबरोध भएको थियो ।

नेम्वाङकै जोडबलमा कानून मन्त्री बनेकी तुम्बाहाङफेको रुखोबोली व्यवहारले मन्त्रालयका कर्मचारीहरू चिढिएको स्रोतले जनाएको छ । कर्मचारीहरू तुम्बाहाङफेसँग बसेर काम गर्न रुचाएका छैनन् । आफ्नै दल नेकपा निकटका कर्मचारीहरू समेत तुम्बाहाङफेसँग काम गर्न नमानेपछि नायब सुब्बाको भरमा काम गर्नुपरेको छ ।

मन्त्रीको निजी सचिवालयमा निजामती कर्मचारीबाट उपसचिव सरहको स्वकीय सचिव दिने कानूनी व्यवस्था छ । कुनै पनि उपसचिव मन्त्री तुम्बाहाङफेको सचिवालयमा जान नमानेपछि मन्त्रालयका सचिव नै तनाबमा परेका छन् । मन्त्री तुम्बाहाङफेले आफूलाई सुधार नगरेकै कारण यस्तो समस्या भोग्नु परेको हो ।

‘आफूले सबै कुरा जानेको छु, बुझेको छु’ भन्ने व्यवहारले गर्दा तुम्बाहाङफेसँग कुनै पनि कर्मचारी र स्वकीय सचिवहरू बस्न मान्दैनन् । संसद सचिवालयमा उपसभामुख भएका बेला पनि तुम्बाहाङफेले आफूलाई ‘सुपर’ ठानेकै कारण बेलाबेला विवादमा आउने गरेकी थिइन् । मन्त्रालयमा तुम्बाहाङफेलाई कुनै पनि कर्मचारीले नटेरेपछि तनाबमा परेको स्रोतले जनाएको छ ।

तुम्बाहाङफेलाई अहिलेकै अवस्थाबाट अगाडि बढ्ने हो भने मन्त्रालयमा ठूलै असहयोग हुने देखिएको छ । पार्टी निकटका कर्मचारीहरूले नै असहयोग गरेपछि मन्त्री डा.तुम्बाहाङफेको ‘मै जान्ने, मै सुन्ने’ व्यवहारमा ठेस लागेको छ ।

Published : Saturday, 2020 March 7, 11:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया