मास्क लगाएर कांग्रेसका आधा दर्जन नेताहरू भारत प्रस्थान
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालासहितका नेताहरू भारत प्रस्थान गरेका छन् ।
बिहीबार कांग्रेसका महामन्त्री डा.कोइरालासहितका नेताहरू भारत प्रस्थान गरेका हुन् ।
केही दिनअघि भारतको उत्तर प्रदेशको भ्रमण पूरा गरेर स्वदेश फर्किएका महामन्त्री डा.कोइराला पुनः बनारस प्रस्थान गरेको उनको निजी सचिवालयले जनाएको छ ।
बनारसमा रहँदा डा.कोइरालाले नेपालको प्रजातन्त्र स्थापनामा काशी क्षेत्रले खेलेको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
महामन्त्री डा.कोइरालासँगै केन्द्रीय सदस्यहरू डा.मीनेन्द्र रिजाल, डा.चन्द्र भण्डारी, दीपक गिरी, पूर्वसांसद उदय शम्शेर राणा र दीपक खड्का पनि भारत गएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट बच्न उनीहरूले भारत जाने बेला मास्क लगाएर गएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया