कांग्रेसमा थपिए आठ जना केन्द्रीय सदस्य
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आठ जनालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।
कांग्रेसद्वारा सोमबार जारी विज्ञप्तिअनुसार देउवाले आठ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।
‘विगतमा अन्य राजनीतिक दलको केन्द्रीय नेतृत्वमा रहेका र त्यस्तो राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका देहाय बमोजिमका पार्टी सदस्यलाई, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (१०) (ग) र (ङ) बमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा पार्टी केन्द्रीय कार्यसमितिको सदस्य र आमन्त्रित सदस्यमा देहाय बमोजिम मनोनयन गर्नु भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
मनोनीत भएका आमन्त्रित केन्द्रीय सदस्यहरूमा जंगीलाल राय (सर्लाही), कर्णबहादुर बुढा (डोल्पा), मोहनसिंह राठौर (कैलाली), शम्भुलाल श्रेष्ठ (सर्लाही), अभिषेख प्रताप शाह (कपिलवस्तु), दयाराम पाण्डे (लम्जुङ्ग), रहेका छन् ।
जनकराज कलौनी (डडेल्धुरा), भूमिबहादुर (विश्व) गुरुङ्ग (स्याङ्जा)लाई आमन्त्रित केन्द्रीय सदस्यमा देउवाले मनोनीत गरेका छन् ।
अन्य राजनीतिक दलको सांगठनिक संरचना समायोजनका लागि पार्टीद्वारा गठित समायोजन समितिको बैठकको निर्णयबाट सो सिफारिस गरिएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया