ओली अस्पताल हिँडेपछि प्रचण्डसहितका नेताहरूले जिल खाए
काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली नेकपा (माले)का महासचिव चन्द्रप्रकाश मैनाली (सीपी)को स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन टोखामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय असपताल पुगेका छन् ।
आइतबार बिहान प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल पुगेर मैनालीको स्वास्थ्य उपचारका बारेमा जानकारी लिएका हुन् ।
मैनालीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । मैनालीलाई भेट्न ओली बिहान साढे एघार बजे अस्पताल गएका हुन् ।
ओली ग्राण्डी अस्पताल गएपछि बालुवाटारमा बिहान साढे एघार बजेका लागि बोलाइएको नेकपाको केन्द्रीय सचिवालयको बैठक समेत प्रभावित बनेको छ ।
बैठक शुरू हुन केही समय बाँकी रहेका बेला ओली ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल गएका हुन् ।
नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सबै सचिवालय सदस्यहरू बालुवाटारमा जम्मा भएका छन् ।
प्रचण्डसहितका सचिवालयका सदस्यहरूलाई बेवास्ता गर्दै ओली अस्पतालमा सीपी मैनालीलाई भेट्न हिँडेपछि सचिवालयका सदस्यहरूवीच मुखामुख भएको छ ।
बैठक बोलाएर ओली बालुवाटारबाट बाहिरिएपछि सचिवालयका सदस्यहरू रिसाएका छन् ।
उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सांसदमा नियुक्ति गर्ने विषयमा बैठकमा छलफल हुनेछ ।
नेकपाको सचिवालय बैठकले राष्ट्रपतिले मनोनयन गर्ने राष्ट्रियसभा सदस्यका लागि गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।
गौतमको नाममा सहमति जुटाए पनि लगत्तै प्रधानमन्त्री ओलीले असहमति जनाएका थिए ।
ओलीले अर्थमन्त्री डा.युवराज खतिवडालाई निरन्तरता दिन चाहेका छन् । बहुमत सचिवालयका सदस्यहरू डा.खतिवडाको पक्षमा छैनन् । डा.खतिवडाको रिक्त स्थानमा उपाध्यक्ष गौतमलाई लैजान चाहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया