घिमिरेले वर्षौंपछि कांग्रेसमा न्याय पाए, बधाइको आइरो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना नेता एवम् पूर्वसांसद कृष्णकिशोर घिमिरेलाई आमन्त्रित केन्द्रीय सदस्य नियुक्त गरेर योगदानको कदर गरेका छन् ।

सभापति देउवाले शनिबार घिमिरेललाई आमन्त्रित केन्द्रीय सदस्य बनाएर मूल्यांकन गरेका हुन् । सालिन स्वभावका घिमिरेले कसैसँग पनि चर्को स्वरमा कुरा गर्दैनन् ।

दाङ निवासी घिमिरे नेपाली कांग्रेसमा रहेर राजनीतिक जीवन बिताएका छन् । कहिल्यै पनि व्यक्तिगत लोभलालच नगरेका घिमिरे न्याय पाएका छन् ।

दाङको राजनीतिमा घिमिरे परिवारको ठूलो योगदान छ । सभापति देउवाले घिमिरेलाई आमन्त्रित केन्द्रीय सदस्य बनाएपछि दाङ जिल्लाका नेता तथा कार्यकर्ताहरू खुसी भएका छन् ।

कांग्रेसका कार्यकर्ता र शुभेच्छुकहरूले घिमिरेलाई सामाजिक सञ्जाल र फोनबाट बधाइ दिएका छन् ।

Published : Sunday, 2020 March 1, 11:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया