ओलीको कम्युनिस्ट सरकारलाई कर फिर्ता गर्न तरुणको दवाव
काठमाडौं । नेपाल तरुण दलले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले पेट्रोल, डिजेल र हवाई ईन्धनमा कर लगाएकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
तरुण अध्यक्ष जितजंग बस्नेतले शुक्रबार विज्ञप्ति जारी गरेर ईन्धनमा कर लगाउने कम्युनिस्ट सरकारको निर्णयको विरोध गरेका हुन् । उनले भ्रष्टाचारलाई रोक्नुको साटो पेट्रोल, डिजेल र हवाई ईन्धनमा कर बढाएर कम्युनिस्ट सरकारले जनतालाई दुःख दिएको बताएका छन् ।
यसभन्दा पहिले सरकारले भौतिक पूर्वाधार खर्चमार्फत प्रतिलिटर पाँच रुपियाँ लिँदै आएको भएपनि प्रधानमन्त्री ओलीको निर्देशनमा अर्थमन्त्री डा.युवराज खतिवडाको डिजाइनमा पाँच रुपियाँ थपेर जनतामाथी अन्याय गरेको बस्नेतले बताए । उनले भनेका छन्, ‘तरुण दलले टुलुटुलु हेर्न नसक्ने अवगत गराउँन चाहन्छ ।’
निर्मला पन्तका दोषीलाई पक्राउ गर्न नसकेको बताएका अध्यक्ष बस्नेतले भनेका छन्, ‘अर्बौंको भ्रष्टाचार गर्नेलाई संरक्षण दिन पछि नपर्ने सरकार यती काण्ड, वाईडबडी, कर बृद्धि काण्ड, न्यारो बडी र हेलिकप्टर चार्टरसहित करोडौं खर्च गरी जन्मदिन मनाएको काण्ड पछिल्लो समय ओली सरकारको एक काण्ड थपिएको थियो ।’
‘यति हुँदा हुँदैपनि जनताले गरेको बिरोधलाई बेवास्ता गर्दै एकोहोरो रुपमा स्थानीय तह, प्रदेश र केन्द्रमा भ्रष्टाचारमा लिप्त भएको ओली सरकारले जनताको अनिवार्य आवश्यक्ताको रुपमा चिनिएको पेट्रोलियम् पदार्थमा विकास करका नाममा अनावश्यक कर बृद्धि गर्नुले धान्नै नसक्ने गरी जनतालाई पीडा थपिदिएको तरुण दलले महशुस गरेको छ’, बस्नेतले भनेका छन् ।
‘यस कार्यले महंगीको भार झनै थपिने र जनतालाई झनै बोझ हुने त छँदैछ अझ संसद नै छलेर बढाइएको मूल्यबृद्धिले संबिधानले नै दिएको संसदीय प्रणलीलाई नै चुनौती दिँदै अधिनायकवाद लाग्ने नालायकी कम्युनिष्ट सरकारको पछिल्लो प्रयासको रुपमा चित्रण भएको छ’, तरुण अध्यक्ष बस्नेतले भनेका छन् ।
‘ओली सरकारले महँगीको मारमा परेर मुलुकलाई अन्योलै अन्यौलको अवस्थामा पारेर जनतालाई पीडा थपेको बेला पुनः मध्यमबर्गीय परिवारलाई आवश्यक पर्ने पेट्रोलियम पदार्थमा लगाईएको कर तत्काल हटाउन तरुण दल भ्रष्टाचारी ओली सरकारलाई जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
‘जनताको हितमा गरिएको तरुण दलको मागलाई बेवास्ता गरी जनतामाथी अन्याय नगर्न चेतावनी दिँदै पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता नलिए जनता बिरुद्धको अन्यायका बिरुद्ध सडक आन्दोलन पछि नपर्ने ओली सरकारलाई दल ध्यानाकर्षण गराउन चाहन्छु’, अध्यक्ष बस्नेतले भनेका छन् ।
हप्तादिन अगाडि ७० करोडको भ्रष्टाचार प्रमाण भेटिएको भन्दै अध्यक्ष बस्नेतले विज्ञप्तिमा भनेका छन्, ‘भ्रष्टाचारलाई संरक्षण कम्युनिस्ट सरकार लागेको छ ।’

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया