एक्लिएर शक्तिशाली ओली, पार्टीकै नेताहरूले तोडिदिए अहँकार
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र वामदेव गौतमलाई राष्ट्रिय सभाको सांसद बनाउने निर्णयसँगै पार्टीभित्र भाँडभैलो उत्पन्न भएको छ ।
गौतमलाई राष्ट्रिय साभको सांसद बनाउने निर्णयमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले अस्वीकार गरिदिएका छन् । ओलीको यो निर्णयमा ईश्वर पोखरेलले पनि साथ दिएका छन् ।
ओलीको यो निर्णयसँगै संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय नेकपाभित्र घाँडो भएको छ । बुधबार बसेको सचिवालय बैठकमा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने एजेण्डा सुनाएका थिए ।
नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतमलाई राष्ट्रियसभा लैजानुपर्ने बताउँदै संविधान संशोधनको कुरा उठाएका थिए । उनले कार्यदल बनाउने समझदारी बाहिर नलैजाने भन्ने सहमति भएको स्मरण गराएका थिए ।
वरिष्ठ नेता माधवकुमार नेपालले वामदेवलाई राष्ट्रियसभामा लैजाने तर संविधान संशोधनलाई शर्त नबनाउने उपाय सुझाएका थिए । झलनाथ खनाल लगायत अरु नेताले पनि गौतमलाई राष्ट्रियसभामा लैजानुपर्नेमा जोड दिएका थिए ।
उपाध्यक्ष गौतमले आफूलाई राष्ट्रियसभामा लैजाने निर्णय भइसकेकाले मान्ने बताएका थिए । कार्यदललाई भङ्ग गरेपनि संविधान संशोधन गर्नुपर्ने गौतमले माग राखेका थिए । आफ्नो विषय आउनासाथ पार्टीमा विवाद हुने गरेको भन्दै गौतमले नेतृत्वको आलोचना गरेका थिए ।
संविधान संशोधन गर्दा राष्ट्रपतिको अधिकार थप्ने र राष्ट्रियसभामा मनोनीत सदस्य संख्या तीनबाट बढाएर ९ जना बनाउने प्रस्ताव प्रधानमन्त्री ओलीको थियो । बुधबारको सचिवालय बैठकले संविधान संशोधनका लागि बनेको भनिएको कार्यदल भंग गरेको छ ।
प्रधानमन्त्री ओलीले पार्टीभित्रबाटै आफूविरुद्ध खेल भएको भन्दै सम्पूर्ण परिस्थितिको सामना गर्ने चेतावनी दिएका छन् । उपाध्यक्ष गौतमलाई पहिले राष्ट्रियसभामा लैजान खोज्दा संविधान संशोधनलाई शर्त बनाएको तर अहिले शर्त छाडेर पनि राष्ट्रियसभामा जान तयार भएको ओलीले बताएका छन् ।
ओली अर्थमन्त्री डा.युवराज खतिवडालाई फेरि राष्ट्रियसभा सदस्य बनाउन चाहेका छन् । त्यो स्थानमा गौतमलाई सिफारिस गर्ने निर्णय भएपछि ओलीले राष्ट्रिपतिबाट मनोनीत हुने सदस्य संख्या ९ पुर्याउन चाहेका छन् । वामदेव गौतमलाई राष्ट्रिय सभाको सांसद बनाउने निर्णयबाट ओली रुष्ट बनेको स्रोतले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया